वर्तमान सरकारले जनतामा विश्वासको वातावरण सृजना गर्यो : गृहमन्त्री लेखक

Published on

जनकपुर , भदौ ७ गते । गृहमन्त्री रमेश लेखकले दुई ठूला दल एक ठाउँमा आएर सरकार निर्माण गर्दा मुलुकमा व्याप्त समस्या समाधान गर्न सहज हुने बताएका छन् ।


यसले नेपाली जनतामा सरकारप्रति विश्वासको वातावरणको सिर्जना भएको बताउनुभयो । शुक्रबार बिहान जिल्ला प्रशासन कार्यालय धनुषाको भवनको शिलान्यास गर्दै गृहमन्त्री लेखकले दुई ठूलाको समिकरणबाट निर्माण भएको यो सरकारले मुलुकको आत्मविश्वास मात्रै नभई जटिल समस्या समाधान गर्न समेत सघाएको दावी गर्नुभयो । १८ वर्षदेखि संक्रमणकालिन न्याय सम्बन्धि विषय निश्कर्षमा पुग्न सकि रहेको थिएन तर दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले एकठाउँमा उभिदा संक्रमणकालिन न्याय सम्बन्धि विषय निश्कर्षमा पुर्याउन सफल भएको बताउनुभयो । यसले जटिल समस्या समाधान मात्रै गरेको छैन मुलुकमा राजनीतिक स्थायित्व समेत प्रदान गरेको उहाको भनाई थियो ।


गृहमन्त्री लेखकले कांग्रेस र एमाले एकठाउँमा आएर महज सरकार निर्माणका लागि मात्रै नभई देशमा राजनीतिक स्थायित्व प्रदान गर्नुका साथै मुलुकमा व्याप्त समस्याहरुलाई समाधान गर्ने अभिप्रायले यो समिकरणको निर्माण गरिएको बताउनुभयो । उहाले ‘केही दिनमै समिकरण बन्ने र भत्किने हुँदा देशले राजनीतिक रुपमा स्थायित्व पाएन, यसले प्रत्यक्ष सेवा प्रवाहलाई समेत प्रभावित गर्यो ।’ अगाडी भन्नुभयो ‘अहिले निर्माण गरिएको नयाँ समिकरण मुलुकका लागि निर्विकल्प छ, यो समिकरण निश्कर्षमा नपुगेसम्म यसको विकल्प खोज्नु उचित हुने छैन ।’

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...