प्रतिष्ठानको दीक्षान्त समारोहमा प्रधानमन्त्री ओली आउनुहुने

Published on

काठमाडौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको दीक्षान्त समारोहका लागि प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति केपी शर्मा ओली जुम्ला आउनुहुने भएको छ ।

भदौ २३ गते हुने प्रथम दीक्षान्त समारोहका लागि प्रधानमन्त्री ओली जुम्ला आउनु हुने तय भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले जानकारी दिएको छ । प्रतिष्ठानका उपकुलपति डा। मङ्गल रावलका अनुसार प्रतिष्ठानले गर्न थालेको प्रथम दीक्षान्त समारोहका लागि प्रधानमन्त्री ओली, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल, तिलगङ्गा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक डा. सन्दुक रूइत, विश्व स्वास्थ्य सङ्गठनका नेपाल प्रतिनिधि राजेश पाण्डपसहितको टिम जुम्ला आउने भएको जानकारी दिनुभयो ।

कर्णाली क्षेत्रकै बहुप्रतिष्ठित स्वास्थ्य क्षेत्रको धरोहरको रुपमा मानिने प्रतिष्ठानले प्राविधिक उच्च शिक्षा अध्ययन सम्पन्न गरेका विभिन्न तहका ५६ जना विद्यार्थीलाई दीक्षित गर्ने, प्रतिष्ठानको नवनिर्मित शैक्षिक भवन उद्घाटन गर्नेसहितका विभिन्न कार्यक्रमका लागि प्रधानमन्त्री जुम्ला आउनुहुने भएको छ । तिलगङ्गा आँखा प्रतिष्ठानसँग गरेको सहमतिअनुसार यतिबेलादेखि नेत्ररोगको सेवा विस्तार पनि प्रतिष्ठानमा यसै समयमा गरिने भएको छ । सो सेवाका लागि तिलगङ्गा प्रतिष्ठानका कार्यकारी निर्देशक रूइतले करिब २ करोडको सामग्री पठाइसक्नुभएको रावलले बताउनुभयो ।

नेत्ररोग सेवाका लागि २ जना विशेषज्ञसमेत आइसक्नुभएको उपकुलपति रावलले जानकारी दिनुभयो । प्रतिष्ठानका अनुसार एमडिएमएस, बिएमएस, बिपिएचका विद्यार्थीको यस पटक दीक्षान्त समारोह हुने भएको छ । प्रतिष्ठानमा अहिले ३ जना भारतीय विद्यार्थीसहित १२० जना चौथो ब्याचका विद्यार्थी एमबिबिएस अध्ययन गरिरहेका छन् । गोरखापत्र

ताजा समाचार

रु दुई अर्ब बराबरको सम्पत्ति जफतको प्रक्रियामा गृह मन्त्रालय

काठमाडौं । गृह मन्त्रालयले भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ति सरकारका नाममा फिर्ता ल्याउन सक्रियता बढाएको...

जग्गाको स्वामित्व नपाएको वनकरियाको गुनासो

काठमाडौँ । मकवानपुरको मनहरी गाउँपालिका–४, मुसेधापमा बसोबास गर्दै आएका लोपोन्मुख समुदायका वनकरियाले जग्गाको स्वामित्व...

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई भ्रष्टाचार मुद्दामा १४ वर्षको जेल सजाय

काठमाडौँ । पाकिस्तानको एक अदालतले पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उहाँकी पत्नी बुशरा...

क्यालिफोर्नियामा आगलागीको जोखिम अझै उच्च

काठमाडौँ । दक्षिणी क्यालिफोर्नियामा अझै पनि डढेलोको उच्च जोखिम रहेको बताइएको छ । अग्नि...