प्रतिष्ठानको दीक्षान्त समारोहमा प्रधानमन्त्री ओली आउनुहुने

Published on

काठमाडौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको दीक्षान्त समारोहका लागि प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति केपी शर्मा ओली जुम्ला आउनुहुने भएको छ ।

भदौ २३ गते हुने प्रथम दीक्षान्त समारोहका लागि प्रधानमन्त्री ओली जुम्ला आउनु हुने तय भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले जानकारी दिएको छ । प्रतिष्ठानका उपकुलपति डा। मङ्गल रावलका अनुसार प्रतिष्ठानले गर्न थालेको प्रथम दीक्षान्त समारोहका लागि प्रधानमन्त्री ओली, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल, तिलगङ्गा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक डा. सन्दुक रूइत, विश्व स्वास्थ्य सङ्गठनका नेपाल प्रतिनिधि राजेश पाण्डपसहितको टिम जुम्ला आउने भएको जानकारी दिनुभयो ।

कर्णाली क्षेत्रकै बहुप्रतिष्ठित स्वास्थ्य क्षेत्रको धरोहरको रुपमा मानिने प्रतिष्ठानले प्राविधिक उच्च शिक्षा अध्ययन सम्पन्न गरेका विभिन्न तहका ५६ जना विद्यार्थीलाई दीक्षित गर्ने, प्रतिष्ठानको नवनिर्मित शैक्षिक भवन उद्घाटन गर्नेसहितका विभिन्न कार्यक्रमका लागि प्रधानमन्त्री जुम्ला आउनुहुने भएको छ । तिलगङ्गा आँखा प्रतिष्ठानसँग गरेको सहमतिअनुसार यतिबेलादेखि नेत्ररोगको सेवा विस्तार पनि प्रतिष्ठानमा यसै समयमा गरिने भएको छ । सो सेवाका लागि तिलगङ्गा प्रतिष्ठानका कार्यकारी निर्देशक रूइतले करिब २ करोडको सामग्री पठाइसक्नुभएको रावलले बताउनुभयो ।

नेत्ररोग सेवाका लागि २ जना विशेषज्ञसमेत आइसक्नुभएको उपकुलपति रावलले जानकारी दिनुभयो । प्रतिष्ठानका अनुसार एमडिएमएस, बिएमएस, बिपिएचका विद्यार्थीको यस पटक दीक्षान्त समारोह हुने भएको छ । प्रतिष्ठानमा अहिले ३ जना भारतीय विद्यार्थीसहित १२० जना चौथो ब्याचका विद्यार्थी एमबिबिएस अध्ययन गरिरहेका छन् । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...