आँखा उपचार केन्द्रमा स्वास्थ्य बिमा सेवा सुरु

Published on

काठमाडौं । नेपाल नेत्र ज्योति संघ आँखा उपचार केन्द्र तम्घासमा स्वास्थ्य बिमा सेवा सुरु गरिएको छ । नेपाल सरकार स्वास्थ्य बिमा बोर्डअन्तर्गतको स्वास्थ्य बिमा कार्यक्रमको उपचार सेवा यस आँखा उपचार केन्द्रबाट पनि सुरु गर्न लागिएको बताइएको छ ।

स्वास्थ्य बिमा बोर्डबाट स्वीकृत प्राप्त गरेसँगै आँखा उपचार केन्द्रले साउन १२ गतेदेखि २० प्रतिशत सह–भुक्तानीमा स्वास्थ्य बिमा सेवा सुरु गरेको हो । स्वास्थ्य बिमा सेवाअन्तर्गत सेवाग्राहीले बीमा बोर्डको नियमअनुसार २० प्रतिशत सहभुक्तानी पनि गर्नुपर्ने तर लक्षित समूहलाई भने सह–भुक्तानी पनि नलाग्ने केन्द्रका सूचना अधिकारी वीरबहादुर कार्कीले बताउनुभयो । स्वास्थ्य बिमा सुरु भएसँगै उपचार सेवा लिनेको सङ्ख्या बढ्ने आँकलन गरिएको छ । हाल जिल्ला आँखा उपचार केन्द्रमा गुल्मी जिल्लाको जुनसुकै स्वास्थ्य संस्थामा प्रथम सेवा विन्दु मानेका नागरिकले रेफर बिना नै सेवा प्राप्त गर्न सक्ने केन्द्रका प्रमुख सूर्यबहादुर बस्नेतले बताउनुभयो ।

निःशुल्क शल्यक्रियाका लागि यस अघि सम्झौता गरेका पालिकाहरुले सो सेवालाई निरन्तरता दिने र स्वास्थ्य बिमा गरेका नागरिकका लागि सह–भुक्तानीको २० प्रतिशत रकम पालिकाबाटै बेहोरिने भएको नेपाल नेत्र ज्योति संघ गुल्मीका सभापति अखिलेश्वरप्रसाद पाण्डेले बताउनुभयो । आँखा उपचार केन्द्रमा नाम दर्ता, ओपिडि सेवा, औषधी, इमर्जेन्सी सेवा र शल्यक्रिया सेवा लिन सकिने नेपाल नेत्रज्योति संघका सचिव पदमप्रसाद पाण्डेले बताउनुभयो । गोरखापत्र

ताजा समाचार

ब्राजिलले अमेरिकासँग व्यापार युद्ध नगर्ने

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्टिलमा २५ प्रतिशत कर लगाए पनि ब्राजिल अमेरिकासँग...

विपद् पूर्व र पश्चातको सूचना प्रणालीलाई प्रभावकारी बनाउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले विपद् पूर्व सूचना र विपद् पश्चातको सूचना प्रणालीलाई प्रभावकारी...

मेडिकल कलेजमा विदेशी विद्यार्थीको सङ्ख्या बढाउन छलफल

काठमाडौँ । प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार भएको चिकित्सा शिक्षा आयोगको...

पाँच दिन व्रत बसेर धामी नाच्ने माघ पूर्णिमा

काठमाडौँ । जिल्लामै घना बस्ती रहेको ठेहे गाउँमा मानिँदै आएको माघे पूर्णिमा धामी नाचेर...