चार सय हेक्टर नेपाली भूभाग डुबान

Published on

काठमाडौं । सीमा क्षेत्रमा भारतले निर्माण गरेको बाँधका कारण जिल्लाको करिब चार सय हेक्टर धान खेती डुबानमा परेको छ । सीमा क्षेत्रसँगै भारतले निर्माण गरेको बजाहा बाँध, महलीसागर बाँध र सिसवा बाँधका ढोका नखोलिँदा नेपालतर्फको धान खेत डुबानमा परेको हो । वर्षाका कारण मायादेवी र यशोधरा गाउँपालिकाका एक दर्जन गाउँका साढे तीन सयभन्दा बढी कृषकको चार सय हेक्टरमा लगाइएको धान खेत डुबानमा परेको छ । तीनदेखि पाँच किमी दक्षिणका खेत पानीमा डुबेपछि धान गलेको छ ।

भारतीय पक्षले हिउँदमा बाँधको ढोका खोल्ने र वर्षामा बन्द गर्ने गरेको कृषक बताउँछन् । बाँधमा रहेका २८ वटा ढोका नखोलिँदा खेती डुबानमा परेको कृषक बताउँछन् । मायादेवी गाउँपालिका–४, तुल्सीडिहवाका जयबुद्ध यादवका अनुसार वर्षापछि बाँधको ढोका नखोलिँदा तीन सय बिघामा लगाइएको धान बाली पानीले डुबेको बताउनुभयो । उहाँले भन्नुभयो, “गत असारमा धान रोपका थियौँ, धान गलेर साउनमा फेरि लगायौँ ।” फेरि धान खेत डुबानमा छ । खेतको आली डुबेको छ, केही दिनमै पानीको निकास नगरिए नेपाली किसानले ठुलो क्षति बेहोर्नुपर्ने उहाँको भनाइ छ । सीमा क्षेत्रको भारतीय भूभागमा पर्ने बजहा बजारमा रहेको बजहा तालको बाँधको ढोका बन्द गरिँदा सो क्षेत्रमा रहेको ५४२\४७ नम्बरको सीमास्तम्भसमेत पानीमा डुबेको छ ।

भारतको चिल्हिया थाना अन्तर्गत पर्ने सो तालको आधा भाग नेपाल र आधा भारततर्फ पर्छ । बजहा तालमा पानी जम्मा गरेर भारतले सिँचाइ गर्ने गरेको छ । तालमा २८ वटा फलामका ढोका राखेर बाँध बनाइएको छ । बजहा क्षेत्रमा भारतले १० किलोमिटर क्षेत्रवरिपरि बाँध बनाएको छ । बाँधलाई बाटोका रूपमा समेत प्रयोग गर्ने गरिएको छ । २८ वटा ढोका बन्द गरिँदा जमेको पानी निकास हुन पाएको छैन । मायादेवी गाउँपालिकाका प्रमुख वलिउद्दिन मुसलमानका अनुसार सीमा क्षेत्रको बजहा बाँधले बर्सेनि नेपाली कृषकलाई पीडा दिँदै अएकाले यसको दीर्घकालीन समाधान खोज्नुपर्ने बताउनुभयो । वर्षा र गर्मीमा तालमा कति पानी राख्ने भनेर प्राविधिकसँग सल्लाह गरी स्थानीय प्रशासनलाई जानकारी दिनुपर्ने उहाँले बताउनुभयो । पीडितको माग सम्बोधन गरी स्थानीय प्रशासनले भारतीय समकक्षीसँग कुरा राखेर मौसम अनुसारको समस्या समाधान गर्नुपर्ने उहाँको भनाइ छ । उहाँले बाँधका बारेमा सङ्घीय र प्रदेश सरकार तथा प्रशासन कार्यालयलाई हरेक वर्ष स्मरण गराए पनि समस्या समाधान नभएको गुनासो गर्नुभयो ।

कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल बजहा बाँधका कारण डुबानले कृषक समस्यामा परेको कुरा कतैबाट नआएको बताउनुहुन्छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...