माडीमा एकीकृत विकासका कार्यक्रम

Published on

काठमाडौं । माडी नगरपालिकामा एकीकृत सहरी पूर्वाधार विकास कार्यक्रम अन्तर्गत सघन सहरी तथा भवन निर्माण कार्यालय, भरतपुरमार्फत सडक, पार्क, चक्रपथ (रिङ रोड) को निर्माण कार्य सुरु भएको छ । २०७९ फागुनबाट सुरु भएको एकीकृत विकासका कार्यव्रmम अन्तर्गत अहिलेसम्म ६० प्रतिशत काम सम्पन्न भएको कार्यालय प्रमुख झपटबहादुर थापाले जानकारी दिनुभयो ।

एक वर्ष छ महिनामा सम्पन्न गर्नुपर्ने भए पनि निर्माण व्यवसायीले समयमा काम नगरेपछि छ महिना म्याद थप गरिएको छ । व्यवस्थित र सुविधा भएको सहरको अवधारणा अनुसार सडक निर्माणपछि आराम गर्न एकीकृत विकास अन्तर्गत वडा नं। ६ मा शान्तिपार्क र वडा नंं। २ मा सहिदपार्क निर्माण गरिँदै छ । छ वटामध्ये तीन वटामा कालोपत्रे गर्ने कार्य सम्पन्न भएको छ । बाँकी तीन वटा सडक कालोपत्रे गर्नका लागि बेस हाल्ने काम भइसकेको कार्यालयका प्रमुख थापाले जानकारी दिनुभयो ।

१६ करोड रुपियाँ बजेटमा निर्माण भइराखेको सहरी पूर्वाधारमा ८० प्रतिशत बजेट सडकमा र बाँकी बजेट पार्कमा खर्च गरिने कार्यालयले जानकारी दिएको छ । ढलसहित र ढल नभएको कम्तीमा छ मिटर चौडाइको सडक निर्माण गरिएको छ । बहुवर्षीय योजना अन्तर्गत यस वर्षबाट रिङरोड निर्माणको काम सुरु गरिने र यसका लागि एक करोड ५० लाख रुपियाँ बजेट विनियोजन भएको कार्यालय प्रमुख थापाले जानकारी दिनुभयो । जिल्लामा भरतपुर महानगरपालिका र माडी नगरपालिकामा एकीकृत सहरी पूर्वाधार विकास निर्माणको काम भइरहेको छ । भरतपुरमा ८० प्रतिशत निर्माणको काम सम्पन्न भएको छ । भरतपुरमा सहरी पूर्वाधार विकास निर्माणका लागि ५० करोड रुपियाँको कार्यव्रmम भए पनि ३१ करोड रुपियाँको बजेटबाट काम भइराखेको छ । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...