पनौतीको सङ्कटा मन्दिर

Published on

काठमाडौं । काभ्रेपलान्चोकको पनौती नगरपालिका ७ मा अवस्थित अर्थात् पनौती बजारदेखि दक्षिण लिलावती नदीको किनार वा सडकको बायांतर्फ अवस्थित रहेको छ।

उत्तराभिमुख भएको यस मन्दिरको भित्र रहेको मध्य भागको मूर्तिलाई सङ्कटाको मूर्ति मानी भक्तजनहरू पूजा अर्चना गर्दछन्। यस सङ्कटाको मूर्तिको दायाँ र बायाँ अन्य विभिन्न देव देवताहरुको मूर्तिहरू समेत रहेको छ। यस मन्दिरमा फागुन पूर्णिमाका दिन मेला समेत लाग्ने गर्दछ। यो मन्दिर पनौतीको प्रख्यात एवं प्राचीन मन्दिर इन्द्रेश्वर मन्दिरको केही दूरीमा खेतमा रहेको छ भने सङ्कटा मन्दिरको पूर्वमा भीमसेन स्थान र यलाच्छे टोलमा गुह्येश्वरीको मन्दिर रहेको छ। सङ्कटादेवीको उत्पत्तिको सम्बन्धमा स्वस्थानी ब्रतकथा अनुसार यस शक्तिपिठमा सतीदेवीको शिर पतन भएको ठाउँ भनेर पनि मानिएको छ। यस देवीको पूजा अर्चना गर्नाले बाक्सध्दी हुने वर्णन समेत गरिएको छ।

ताजा समाचार

ट्रम्पको रिस टार्न खोज्दै मोदी

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार ह्वाइट हाउसमा भेट हुँदा डोनाल्ड ट्रम्पसँगको मित्रता...

नसर्ने रोगविरुद्धको स्क्रिनिङ अभियान सफल पार्न आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नसर्ने रोगहरुविरुद्ध निरोधात्मक विधि प्रवर्धन गर्ने उद्देश्यले...

सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा २१ देशका खेलाडी सहभागी हुने

काठमाडौँ । सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा २१ देशका १ सय ५० खेलाडी सहभागी हुने...

बेवारिसे शव फेला

काठमाडौँ । बैतडीको खोड्पे बजारनजिक बेवारिसे अवस्थामा शव फेला परेको छ । बिहीबार बिहान...