बिरामी बोकेको एम्बुलेन्समा आगलागी

Published on

काठमाडौं । स्याङ्जाको वालिङबाट बिरामी बोकेर पोखरातर्फ गइरहेको एम्बुलेन्समा गएराति आगलागी भएको छ । बिरामी बोकेर पोखरा जाँदै गरेको ग १ झ २७८ नम्बरको एम्बुलेन्समा पुतलीबजार नगरपालिका–११ करेन्डाँडामा पुग्दा आगो लागेको हो । एम्बुलेन्समा आगो लागेपछि बिरामीलाई तत्काल बाहिर निकालेको एम्बुलेन्स चालक देवप्रसाद रेग्मीले बताउनुभयो । उहाँले भन्नुभयो, “एम्बुलेन्स चलिरहेको बेला गन्ध आयो र तत्काल हेर्दा मेरो बायाँतर्फ रहेको कागजात राख्ने बक्सबाट आगो बाहिर निस्कियो हामी अत्तालिँदै गाडीबाट बाहिर निस्कियौँ र ज्यान बचायौँ ।”

आफू विगत चार वर्षदेखि सो एम्बुलेन्स चलाउँदै आएको रेग्मीको भनाइ छ । वालिङको गह्रौँ प्राथमिक अस्पतालको मातहतमा रहेको सो एम्बुलेन्स टाटा कम्पनीको रहेको र २०१५ मोडल भएको अस्पतालका प्रतिनिधिहरूले जनाएका छन् । एम्बुलेन्समा कसरी आगलागी भयो भन्नेबारे बुझ्ने काम भइरहेको अस्पतालका सूचना अधिकारी उदय पौडेलले बताउनुभयो । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो । गोरखापत्र

ताजा समाचार

जङ्गलघाटमा पुल निर्माणको काममा ढिलाइ

काठमाडौँ । तुर्माखाँद गाउँपालिका-४ का ६८ वर्षीय प्रेमबहादुर बुढाले चिसापानी–जंगलघाट–मंगलसेन सडकको चर्चा सुनेको करिब...

संविधान विरोधी गतिविधि स्वीकार्य नहुने: गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधान विरोधी गतिविधि स्वीकार्य नभएको बताउनुभएको छ । गण्डकी...

चलचित्रसम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक संसदमा पेस हुने

काठमाडौँ । यही वैशाख २ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चलचित्रसम्बन्धी कानुनलाई संशोधन र...

शिक्षक आन्दोनल : दराजमा थन्कियो सात हजार उत्तर पुस्तिका

काठमाडौँ । संस्थागत विद्यालयमा विद्यार्थी भर्ना गर्नका लागि विद्यार्थी र अभिभावकको चहल पहल बढिरहेका...