असुरक्षित बन्दै बालिका

Published on

काठमाडौं । स्याङ्जा जिल्लामा पछिल्लो समय बालबालिका असुरक्षित बन्दै गएका छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाको तथ्याङमा एक बर्षमा दुई जना जबरजस्ती करणी र पाँच जना यौन दुब्र्यहार भोगेका छन् ।

आर्थिक वर्ष २०८०–८१ मा १४ वटा मुद्दा दर्ता भएकोमा ५० प्रतिशत मुद्दा बालबालिकामाथि भएका घटना रहेको प्रहरी नायब उपरीक्षक ईन्द्रबहादुर रानाले बताउनुभयो । गत आर्थिक बर्षमा जवर्जस्ती गर्ने एक जना थुनामा छन् । एक जना फरार छन् । यस्तै, बालयौन दब्र्यहार गर्नेमध्ये एक जना एक लाख धरौटीमा तारेखमा छुटेका छन् । एक जना एक लाख ५० हजार, एक जना ५५ हजार र दुई जना ५०–५० हजार रुपियाँ धरौटी बुझाउन नसक्दा थुनामा रहेका छन् ।

यहाँ आब २०७९–८० मा २६ वटा जबर्जस्तीका घटनामध्ये दुईवटा मुद्दा परेका थिए । २०७८–७९ को एक वर्षको अवधिमा २१ वटा मुद्दामा तीनवटा बालयौन दुब्र्यहार मुद्दा परेको थियो । यौन दुब्र्यहारको शिकार हुने बालबालिका छ बर्षसम्मका रहेको प्रहरीको भनाइ छ । यौन शिक्षाको कमी र नकारात्मक सोचको विकासले बलात्कारको घटना बढेका प्रहरी अनुसन्धानले देखाएको डिएसपी रानाले बताउनुभयो । उहाँका अनुसार पछिल्लो समय सामाजिक सञ्जालको दूरुपयोगले बालबालिका घटना बढेको छ । गोरखापत्र

ताजा समाचार

जङ्गलघाटमा पुल निर्माणको काममा ढिलाइ

काठमाडौँ । तुर्माखाँद गाउँपालिका-४ का ६८ वर्षीय प्रेमबहादुर बुढाले चिसापानी–जंगलघाट–मंगलसेन सडकको चर्चा सुनेको करिब...

संविधान विरोधी गतिविधि स्वीकार्य नहुने: गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधान विरोधी गतिविधि स्वीकार्य नभएको बताउनुभएको छ । गण्डकी...

चलचित्रसम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक संसदमा पेस हुने

काठमाडौँ । यही वैशाख २ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चलचित्रसम्बन्धी कानुनलाई संशोधन र...

शिक्षक आन्दोनल : दराजमा थन्कियो सात हजार उत्तर पुस्तिका

काठमाडौँ । संस्थागत विद्यालयमा विद्यार्थी भर्ना गर्नका लागि विद्यार्थी र अभिभावकको चहल पहल बढिरहेका...