असुरक्षित बन्दै बालिका

Published on

काठमाडौं । स्याङ्जा जिल्लामा पछिल्लो समय बालबालिका असुरक्षित बन्दै गएका छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाको तथ्याङमा एक बर्षमा दुई जना जबरजस्ती करणी र पाँच जना यौन दुब्र्यहार भोगेका छन् ।

आर्थिक वर्ष २०८०–८१ मा १४ वटा मुद्दा दर्ता भएकोमा ५० प्रतिशत मुद्दा बालबालिकामाथि भएका घटना रहेको प्रहरी नायब उपरीक्षक ईन्द्रबहादुर रानाले बताउनुभयो । गत आर्थिक बर्षमा जवर्जस्ती गर्ने एक जना थुनामा छन् । एक जना फरार छन् । यस्तै, बालयौन दब्र्यहार गर्नेमध्ये एक जना एक लाख धरौटीमा तारेखमा छुटेका छन् । एक जना एक लाख ५० हजार, एक जना ५५ हजार र दुई जना ५०–५० हजार रुपियाँ धरौटी बुझाउन नसक्दा थुनामा रहेका छन् ।

यहाँ आब २०७९–८० मा २६ वटा जबर्जस्तीका घटनामध्ये दुईवटा मुद्दा परेका थिए । २०७८–७९ को एक वर्षको अवधिमा २१ वटा मुद्दामा तीनवटा बालयौन दुब्र्यहार मुद्दा परेको थियो । यौन दुब्र्यहारको शिकार हुने बालबालिका छ बर्षसम्मका रहेको प्रहरीको भनाइ छ । यौन शिक्षाको कमी र नकारात्मक सोचको विकासले बलात्कारको घटना बढेका प्रहरी अनुसन्धानले देखाएको डिएसपी रानाले बताउनुभयो । उहाँका अनुसार पछिल्लो समय सामाजिक सञ्जालको दूरुपयोगले बालबालिका घटना बढेको छ । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...