राजनीतिक कार्यक्रममा बालबालिका

Published on

काठमाडौं । राजनीतिक दलहरूले आफ्ना कार्यक्रमलाई सफल पार्न बालबालिकाको प्रयोगलाई बढाएका छन् । जुम्ला जिल्लाको सिँजामा सुरु भएको नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु क्रान्तिकारीको जिल्ला सम्मेलनमा जुम्ला जिल्लाका विभिन्न विद्यालयबाट बालबालिकालाई गाडी रिजर्भ गरेर सहभागी गराइएको छ । जुम्लाका सबै पालिकामा रहेका आधारभूत तथा माध्यमिक विद्यालयका विद्यार्थीलाई सम्मेलनमा सहभागी गराइएको हो ।

विद्यालय बन्द गरेर अनेरास्ववियु क्रान्तिकारीले जिल्ला सम्मेलन सफल पार्नका लागि विद्यार्थीलाई सार्वजनिक बसमार्फत सिँजा पु¥याएको हो । तातोपानी गाउँपालिकाका नागरिक समाज सञ्जालका संयोजक प्रेमबहादुर अधिकारीले राजनीतिक दलमा आबद्ध विद्यार्थी सङ्गठनले बालबालिकालाई आफ्नो अधिकारका लागि भन्दै कार्यक्रममा लिने गरेको बताउनुभयो । उहाँले माथिल्लो तहका नेतालाई भेट्ने कोसिस गरेको बताउँदै एकाएक सार्वजनिक बसका छतमा विद्यार्थीलाई जोखिमपूर्ण रूपमा कार्यक्रममा लिइरहेको देखेपछि रोक्ने प्रयास गर्दा पनि रोक्न नसकिएको बताउनुभयो ।

बालबालिकासम्बन्धी ऐन, २०७५ को परिच्छेद ८ मा बालबालिकाविरुद्धको कसुरको व्यवस्था गरिएको छ । ऐनको दफा ६६ मा कुनै पनि बालबालिकालाई राजनीतिक प्रयोजनका लागि सङ्गठित गर्ने वा हडताल, बन्द, चक्काजाम, धर्ना र जुलुसमा सहभागी गराउन नहुने उल्लेख छ । यसको उल्लङ्घन गरेमा ७५ हजार रुपियाँ जरिबाना र तीन वर्ष कैद सजाय हुने उल्लेख छ तर राजनीतिक दलका भ्रातृ सङ्गठनले प्रायः आफ्ना भेला, जुलुसमा बालबालिकाको प्रयोग गर्ने गरेका छन् । गोरखापत्र

ताजा समाचार

पालिका भित्रका वडाहरु मध्ये हाम्रो वडा फरक छ

स्थानीय सरकारले जनताको अपेक्षाहरु पुरा गरेको हुन्छ । सबै जनताहरु स्थानीय सरकारकै मुख ताकेर...

जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सगरमाथा संवाद महत्त्वपूर्ण

काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले सगरमाथा संवादलाई सफल बनाउने...

भारत र पाकिस्तानले एक अर्काका कुटनीतिज्ञलाई २४ घण्टाभित्र देश छोड्न आदेश

काठमाडौँ । पाकिस्तान र भारतले मङ्गलबार एक–एक जना कूटनीतिज्ञलाई आफ्नो देशबाट निष्काशन गर्ने घोषणा...

आइसिसी विश्वकप लिग–२ : नेपाली टोलीको बिदाइ

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खला खेल्न...