राजनीतिक कार्यक्रममा बालबालिका

Published on

काठमाडौं । राजनीतिक दलहरूले आफ्ना कार्यक्रमलाई सफल पार्न बालबालिकाको प्रयोगलाई बढाएका छन् । जुम्ला जिल्लाको सिँजामा सुरु भएको नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु क्रान्तिकारीको जिल्ला सम्मेलनमा जुम्ला जिल्लाका विभिन्न विद्यालयबाट बालबालिकालाई गाडी रिजर्भ गरेर सहभागी गराइएको छ । जुम्लाका सबै पालिकामा रहेका आधारभूत तथा माध्यमिक विद्यालयका विद्यार्थीलाई सम्मेलनमा सहभागी गराइएको हो ।

विद्यालय बन्द गरेर अनेरास्ववियु क्रान्तिकारीले जिल्ला सम्मेलन सफल पार्नका लागि विद्यार्थीलाई सार्वजनिक बसमार्फत सिँजा पु¥याएको हो । तातोपानी गाउँपालिकाका नागरिक समाज सञ्जालका संयोजक प्रेमबहादुर अधिकारीले राजनीतिक दलमा आबद्ध विद्यार्थी सङ्गठनले बालबालिकालाई आफ्नो अधिकारका लागि भन्दै कार्यक्रममा लिने गरेको बताउनुभयो । उहाँले माथिल्लो तहका नेतालाई भेट्ने कोसिस गरेको बताउँदै एकाएक सार्वजनिक बसका छतमा विद्यार्थीलाई जोखिमपूर्ण रूपमा कार्यक्रममा लिइरहेको देखेपछि रोक्ने प्रयास गर्दा पनि रोक्न नसकिएको बताउनुभयो ।

बालबालिकासम्बन्धी ऐन, २०७५ को परिच्छेद ८ मा बालबालिकाविरुद्धको कसुरको व्यवस्था गरिएको छ । ऐनको दफा ६६ मा कुनै पनि बालबालिकालाई राजनीतिक प्रयोजनका लागि सङ्गठित गर्ने वा हडताल, बन्द, चक्काजाम, धर्ना र जुलुसमा सहभागी गराउन नहुने उल्लेख छ । यसको उल्लङ्घन गरेमा ७५ हजार रुपियाँ जरिबाना र तीन वर्ष कैद सजाय हुने उल्लेख छ तर राजनीतिक दलका भ्रातृ सङ्गठनले प्रायः आफ्ना भेला, जुलुसमा बालबालिकाको प्रयोग गर्ने गरेका छन् । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...