गल्याङ प्रिमियर लिग क्रिकेट : प्ले अफको समिकरण पुरा

Published on

काठमाडौं । स्याङजाको गल्याङमा सञ्चालित ‘गल्याङ प्रिमियर लिग क्रिकेट प्रतियोगिता’ (जिपिएल) को प्ले अफ समिकरण पुरा भएको छ। गल्याङ क्रिकेट संघको आयोजनामा भइरहेको प्रतियोगितामा गल्याङ ब्लास्टर, गल्याङ ईगल, रोयल च्यालेन्जर्स गल्याङ र गल्याङ युनाईटेड प्ले अफमा पुगेका हुन् । आयोजक समितिका उपाध्यक्ष खगेन्द्र भण्डारीका अनुसार पहिलो र दोस्रो स्थानमा रहेका गल्याङ ब्लास्टर र गल्याङ ईगल फाइनल प्रवेशका लागि पहिलो प्ले अफ खेल्नेछन् । यस्तै, रोयल च्यालेन्जर्स गल्याङ र गल्याङ युनाईटेडको बिजेताले दोस्रो प्ले अफ खेल्नेछन् । प्रतियोगितामा आठ समूहको सहभागिता रहेको थियो । आठ वटै टिमले अक्सन मार्फत एक महिना अगाडि नै खेलाडि छनौट गरेका गल्याङ क्रिकेट संघका उपाध्यक्ष भण्डारीले जानकारी दिनुभयो । प्रत्येक टिमले जिल्लाका बाहिरका ३(३ जना खेलाडि समावेश गराएकाछन् भने अरु खेलाडि जिल्ला भित्रका नै रहेका छन् ।

विभिन्न व्यवसायी र व्यक्तिहरुले आआफ्नो क्लव तयार गरी प्रतियोगितामा भाग लिएका छन् ।

प्रतियोगितामा पहिलो हुनेले रु एक लाख र दास्रो हुनेले रु ५० हजार सहित विभिन्न पुरस्कार प्राप्त गर्ने उपाध्यक्ष भण्डारीको भनाइ छ । खेलहरु गल्याङ नगरपालिका–१ मालुुङगा खेल मैदान र पाल्पाको रम्भा गाउपालिका–१ असेर्दी खेलमैदानमा सञ्चालन हुने संघका अध्यक्ष ठगेन्द्र थापाको भनाइ छ । जिल्लाभित्र रहेका क्रिकेट खेलाडीको पहिचान बढाउने र क्रिकेट खेललाई जिल्लामा व्यावसायिक गराउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ । नेपाल क्रिकेट संघका सचिव पारस खड्काको उपस्थितिमा आगामी भदौ २२ गते प्रतियोगिताका समापन हुनेछ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...