दुर्घटना भएको सवारी साधनबाट घरेलु मदिरा बरामद

Published on

काठमाडौं । तनहुँमा दुर्घटना भएको सवारी साधनबाट ठुलो परिमाणमा घरेलु मदिरा आइतबार बिहान बरामद भएको छ।

तनहुँको ऋषिङबाट दमौली आउँदै गरेको बा १३ च २४५६ नम्बरको जिपबाट ल्याइएको घरेलु मदिरा दुर्घटनास्थल ऋषिङ गाउँपालिका–१ ठाँटीमा प्रहरीले आइतबार बरामद गरेको हो । ३० वटा ग्यालिनमा राखिएको चार सय लिटर घरेलु मदिरा बरामद गरिएको जिल्ला ट्राफिक प्रहरी प्रहरी कार्यालय तनहुँका प्रमुख सन्तोष पौडेलले जानकारी दिनुभयो। घरेलु मदिरा ल्याउने सवारी धनी पदम रानालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो।दुर्घटना भएपछि मदिरालाई दुर्घटना स्थल नजिककै जङ्गलमा लुकाई छिपाई राखेको अवस्थामा बरामद गरिएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार दुर्घटनामा मानवीय क्षति भएको छैन । गोरखापत्र

ताजा समाचार

नागरिकताका लागि भौँतारिँदै सोभिता जन्मदर्ता नहुँदा शिक्षाबाट वञ्चित

काठमाडौँ । सप्तरीको विष्णुपुर गाउँपालिका–४ स्थित कनकट्टा निवासी ३० वर्षीय सोभिताकुमारी सदाको राजविराज नगरपालिका–११...

नागरिकता प्रमाणपत्र नभएकाले सामाजिक सुरक्षा भत्ता पाउँदैनन् : मन्त्री सुडी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले नागरिकता प्रमाणपत्र नभएकाहरुले सामाजिक...

धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्नु हुँदैन: लेखक

गृहमन्त्री रमेश लेखकले कुनै पनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्न नहुने...

भुइँचालो डाँडामा ३० फिटको बुद्धको प्रतिमा निर्माण

काठमाडौँ । बनेपा नगरपालिकाको ऐतिहासिक सहर नालास्थित भुइँचालो डाडाँमा ३० फिट अग्लो बुद्धको प्रतिमा...