‘मलेसियाबाट उच्चस्तरीय भ्रमणका लागि पहल गर्छु’

Published on

काठमाडौं । मलेसियाका लागि प्रस्तावित राजदूत डा. नेत्रप्रसाद तिमिल्सिनाले मलेसियाबाट उच्चस्तरीय भ्रमणका लागि आफूले पहल गर्ने बताउनुभएको छ । मलेसियालाई श्रम सम्झौताका लागि नमुना राष्ट्रको रुपमा चिनिएकाले त्यसबाट प्रधानमन्त्री स्तरको भ्रमण गर्नसक्ने नेपाली श्रमिकका लागि फाइदा हुने भएकाले आफूले उच्चस्तरीय भ्रमण गराउने कुरालाई प्राथमिकता दिएर अघि बढाउन चाहेको पनि स्पष्ट पार्नुभयो । सोमबार संसदीय सुनुवाइ समितिमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै प्रस्तावित राजदूत तिमिल्सिनाले मलेसियामा बिचौलियाहरुले श्रमिकहरुलाई पाइलापिच्छे नै ठग्ने गरेको उल्लेख गर्दै त्यसका अन्त्य गर्न आफू लागिपर्ने बताउनुभयो । उहाँले मलेसियामा श्रमिकको पक्षमा काम गर्न बिचौलियाहरुका कारण सहज नभएकाले आफूलाई टिकेर काम गर्न सहज नभएको बताउनुभयो ।

प्रस्तावित राजदूत तिमिल्सिनाले भन्नुभयो, ूयस्तो खालको हाई लेभलको भिजिट मलेसियाबाट गृहमन्त्रीको लेभलको भिजिट चाहिँ उनीहरुको चासो छ भन्ने मैले सुनेको छु । तर प्राइमिनिष्टरको लेभलको हामीले त्यो गर्न सक्यौं भने जीटुजीमा मलेसिया श्रम सम्झौताको नमुनाको रुपमा मानिँदो रहेछ । त्यसकारण हामीले पनि किन मलेसियालाई केन्द्रित गरेर अगाडि नबढ्ने र मलेसियामा म्यान पावरको कुरा यस्तो हुँदो रहेछ । यहाँ म्यान पावर कम्पनी हुने, त्यहाँ पनि म्यानपावर कम्पनी हुने । अनि, यहाँको म्यानपावरले त्यहाँ बिचौलिया राखेको हुन्छ । त्यो बिचौलियाले त्यहाँ सिन्डिकेट गरेर श्रमिकलाई सोझै कम्पनीसँग सम्पर्क गर्न नै दिँदैन । यसरी उहाँले मलेसियाका दूतावासतिर बिचौलियाहरु हुने जनाउँदै राष्ट्रका लागि, देशका लागि इमानदारीपूर्वक काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।प्रस्तावित राजदूत तिमिल्सिनाले मलेसियामा श्रम नीति अनुसारको कूटनीतिलाई सफल बनाउन सरकारले आफूलाई सहयोग गर्नुपर्ने बताउनुभयो ।

spot_img

ताजा समाचार

उत्तर कोरियामा संसदीय निर्वाचन घोषणा

काठमाडौं । उत्तर कोरियाले यस महिनाभित्र आफ्नो सर्वोच्च जनसभाका लागि प्रतिनिधि चयन गर्ने घोषणा...

अष्ट्रेलियामा कँडेल कपको तयारी

काठमाडौं । अष्ट्रेलियाको मेलबर्नमा मार्च ७ र ८ तारिख हुने १५औँ कँडेल मन्सल्टेन्सी कप फुटबलको...

बाजुरामा सवारी साधन सञ्चालनमा रोक

काठमाडौं । बाजुरामा फागुन २० गते राती १२ बजे देखि सवारी साधन सञ्चालनमा पूर्ण रोक...

अमेरिकाद्वारा पाकिस्तानी दुतावासका कर्मचारीलाई पाकिस्तान छोड्न आदेश

काठमाडौं । अमेरिकाले पाकिस्तानी वाणिज्य दूतावासमा कार्यरत कर्मचारीलाई पाकिस्तान छोड्न आदेश दिएको छ, भने...