‘मलेसियाबाट उच्चस्तरीय भ्रमणका लागि पहल गर्छु’

Published on

काठमाडौं । मलेसियाका लागि प्रस्तावित राजदूत डा. नेत्रप्रसाद तिमिल्सिनाले मलेसियाबाट उच्चस्तरीय भ्रमणका लागि आफूले पहल गर्ने बताउनुभएको छ । मलेसियालाई श्रम सम्झौताका लागि नमुना राष्ट्रको रुपमा चिनिएकाले त्यसबाट प्रधानमन्त्री स्तरको भ्रमण गर्नसक्ने नेपाली श्रमिकका लागि फाइदा हुने भएकाले आफूले उच्चस्तरीय भ्रमण गराउने कुरालाई प्राथमिकता दिएर अघि बढाउन चाहेको पनि स्पष्ट पार्नुभयो । सोमबार संसदीय सुनुवाइ समितिमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै प्रस्तावित राजदूत तिमिल्सिनाले मलेसियामा बिचौलियाहरुले श्रमिकहरुलाई पाइलापिच्छे नै ठग्ने गरेको उल्लेख गर्दै त्यसका अन्त्य गर्न आफू लागिपर्ने बताउनुभयो । उहाँले मलेसियामा श्रमिकको पक्षमा काम गर्न बिचौलियाहरुका कारण सहज नभएकाले आफूलाई टिकेर काम गर्न सहज नभएको बताउनुभयो ।

प्रस्तावित राजदूत तिमिल्सिनाले भन्नुभयो, ूयस्तो खालको हाई लेभलको भिजिट मलेसियाबाट गृहमन्त्रीको लेभलको भिजिट चाहिँ उनीहरुको चासो छ भन्ने मैले सुनेको छु । तर प्राइमिनिष्टरको लेभलको हामीले त्यो गर्न सक्यौं भने जीटुजीमा मलेसिया श्रम सम्झौताको नमुनाको रुपमा मानिँदो रहेछ । त्यसकारण हामीले पनि किन मलेसियालाई केन्द्रित गरेर अगाडि नबढ्ने र मलेसियामा म्यान पावरको कुरा यस्तो हुँदो रहेछ । यहाँ म्यान पावर कम्पनी हुने, त्यहाँ पनि म्यानपावर कम्पनी हुने । अनि, यहाँको म्यानपावरले त्यहाँ बिचौलिया राखेको हुन्छ । त्यो बिचौलियाले त्यहाँ सिन्डिकेट गरेर श्रमिकलाई सोझै कम्पनीसँग सम्पर्क गर्न नै दिँदैन । यसरी उहाँले मलेसियाका दूतावासतिर बिचौलियाहरु हुने जनाउँदै राष्ट्रका लागि, देशका लागि इमानदारीपूर्वक काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।प्रस्तावित राजदूत तिमिल्सिनाले मलेसियामा श्रम नीति अनुसारको कूटनीतिलाई सफल बनाउन सरकारले आफूलाई सहयोग गर्नुपर्ने बताउनुभयो ।

ताजा समाचार

नेपाल आज क्यानडासँग खेल्दै

काठमाडौं । आइसिसी विश्वकप लिग–२ सिरिज अन्तर्गत दोस्रो चरणको खेलमा नेपालले सोमबार (आज) राति...

मृतक दुई बालबालिकाका परिवारलाई पाँच-पाँच लाख दिइने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पाँचथरमा दुई बालबालिकाको निधन भएकोप्रति दुःख व्यक्त गर्दै...

मुख्यमन्त्री कार्कीले असोज २ गते विश्वासको मत लिने

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी असोज २ गते विश्वासको मत लिने...

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित छानबिन समितिको प्रतिवेदन पेस हुँदै

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । आजको बैठकमा सहकारी संस्था बचत...