गाजा बन्धकको समर्थनमा सोमबार इजरायलमा ‘पूर्ण हडताल’ को आदेश

Published on

काठमाडौं । इजरायलको शक्तिशाली हिस्टाड्रट ट्रेड युनियनका प्रमुखले गाजा बन्धकहरूको समर्थनमा सोमबार ‘पूर्ण हडताल’ को आदेश दिएका छन् । उनले छ बन्धकको शव फेला परेपछि उनीहरूको रिहाइलाई सुरक्षित गर्न सम्झौता गर्न आग्रह गरे । “हामीले बन्धकहरूलाई परित्याग गर्न रोक्नुपर्छ, म हाम्रो हस्तक्षेपले मात्र हल्लाउनु पर्नेहरूलाई हल्लाउन सक्छ भन्ने निष्कर्षमा पुगेको छु”, हिस्टाड्रटका अध्यक्ष अर्नोन बार डेभिडले आइतबार विज्ञप्ति जारी गर्दै भन्नुभयो, “भोलि बिहान छ बजेदेखि सम्पूर्ण इजरायली अर्थतन्त्र पूर्ण हडतालमा जानेछ ।”

हडतालको हिस्साका रूपमा ‘बेन गुरियन विमानस्थलमा सबै प्रस्थान र अवतरण स्थानीय समयानुसार बिहान ८ बजेदेखि बन्द हुने’ उहाँले बताउनुभयो । “हामी सम्झौतामा पुग्न आवश्यक छ, यस्तो सम्झौता जुन कुनै पनि अन्य चिजभन्दा धेरै महत्त्वपूर्ण छ”, उहाँले भन्नुभयो, “राजनीतिक कारणहरूले कुनै पनि सम्झौता अगाडि बढ्न सकिरहेका छैनन् र यो अस्वीकार्य छ ।” यसअघि आइतबार इजरायली सेनाले एक सुरुङमा छ बन्धकको शव फेला पारेको बताएको थियो । रासस\एएफपी

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...