गाजा बन्धकको समर्थनमा सोमबार इजरायलमा ‘पूर्ण हडताल’ को आदेश

Published on

काठमाडौं । इजरायलको शक्तिशाली हिस्टाड्रट ट्रेड युनियनका प्रमुखले गाजा बन्धकहरूको समर्थनमा सोमबार ‘पूर्ण हडताल’ को आदेश दिएका छन् । उनले छ बन्धकको शव फेला परेपछि उनीहरूको रिहाइलाई सुरक्षित गर्न सम्झौता गर्न आग्रह गरे । “हामीले बन्धकहरूलाई परित्याग गर्न रोक्नुपर्छ, म हाम्रो हस्तक्षेपले मात्र हल्लाउनु पर्नेहरूलाई हल्लाउन सक्छ भन्ने निष्कर्षमा पुगेको छु”, हिस्टाड्रटका अध्यक्ष अर्नोन बार डेभिडले आइतबार विज्ञप्ति जारी गर्दै भन्नुभयो, “भोलि बिहान छ बजेदेखि सम्पूर्ण इजरायली अर्थतन्त्र पूर्ण हडतालमा जानेछ ।”

हडतालको हिस्साका रूपमा ‘बेन गुरियन विमानस्थलमा सबै प्रस्थान र अवतरण स्थानीय समयानुसार बिहान ८ बजेदेखि बन्द हुने’ उहाँले बताउनुभयो । “हामी सम्झौतामा पुग्न आवश्यक छ, यस्तो सम्झौता जुन कुनै पनि अन्य चिजभन्दा धेरै महत्त्वपूर्ण छ”, उहाँले भन्नुभयो, “राजनीतिक कारणहरूले कुनै पनि सम्झौता अगाडि बढ्न सकिरहेका छैनन् र यो अस्वीकार्य छ ।” यसअघि आइतबार इजरायली सेनाले एक सुरुङमा छ बन्धकको शव फेला पारेको बताएको थियो । रासस\एएफपी

spot_img

ताजा समाचार

शान्तिसुरक्षा कायम गरेर मात्र निर्वाचन : पूर्व सञ्चारमन्त्री गुरुङ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव एवं निवर्तमान सञ्चार तथा सूचना प्रविधि...

मतदाता नामावली उत्साहपूर्वक सङ्कलन गरिँदै

काठमाडौं । राष्ट्रिय परिचयपत्र प्रयोग गरेर पनि मतदाता नामावली सङ्कलन सुरू गरेपछि नयाँ मतदाताको...

एक वर्षपछि खुल्यो मुर्कची-रौता-जाँते ग्रामीण सडक

काठमाडौं । उदयपुरको उत्तरी मध्यपहाडी क्षेत्रको मुर्कुची, रौता, जाते ग्रामीण सडक एक वर्षपछि खुलेको...

संयुक्त राष्ट्र सुरक्षा परिषदले सोमबार गाजा युद्धविराम प्रस्तावमा मतदान गर्ने

काठमाडौं । संयुक्त राष्ट्र सुरक्षा परिषदले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजा शान्ति योजनालाई...