सत्ता समीकरणकाे सहमति कार्यान्वयन गर्नु कांग्रेसकाे जिम्मेवारी हाे : गृहमन्त्री लेखक

Published on

काठमाडौं । गृहमन्त्री रमेश लेखकले कांग्रेस र एमालेबिच सत्ता समीकरणका लागि भएको सहमतिको इमान्दारीपूर्वका कार्यान्वयन गर्ने जिम्मेवारी कांग्रेसको भएको बताउनु भएको छ । नेपाली कांग्रेस नुवाकोट जिल्ला कार्यसमितिद्वारा शनिबार आयोजित स्वागत तथा भेटघाट कार्यक्रममा गृहमन्त्री लेखकले यस्तो बताउनुभयो ।

ूकांग्रेसको पहिलो जिम्मेवारी भनेको हाम्रो पहलमा निर्माण गरेको समीकरणलाई अगाडि बढाउनु हो । हाम्रो पार्टी सभापति शेरबहादुर देउवाजी र अहिले प्रधानमन्त्री केपी शर्मा ओलीजीबिच असार १७ मा भएको सात बुँदे सहमतिलाई इमान्दारपूर्वक कार्यान्वयन गरेर निष्कर्षमा पुर्याउने जिम्मेवारी अहिले कांग्रेसको छ, उहाँले भन्नुभयो । कांग्रेस र एमालेको सरकार बनेपछि आत्मविश्वास बढेको भन्दै राष्ट्रिय राजनीतिमा विश्वासको वातावरण सिर्जना गरेको बताउनुभयो । दुई दलको समीकरण, सरकारको निरन्तरता र सहमति कार्यान्वयनमा कांग्रेसको इमानदार प्रयत्न रहने गृहमन्त्री लेखकले बताउनुभयो ।

कांग्रेस र एमाले मिलेर बनेको सरकारले पनि काम गर्न नसके मुलुक गम्भीरता मोडमा पुग्नु गृहमन्त्री लेखकको भनाइ छ ।
मुलुकमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिका निम्ति नेपाली कांग्रेस र एमाले मिलेको उहाँको दाबी छ ।

spot_img

ताजा समाचार

बुद्धको मावली प्राचीन कोलनगर (पण्डितपुर) मा पुनः उत्खनन्

काठमाडौं । विगत तीन दशकदेखि निरन्तर पुरातात्विक खोज हुँदै आएको सम्भावित प्राचीन कोलिय गणराज्यको...

ऋण लिएर बनाएको संरचना अलपत्र

काठमाडौं । ऋण लिएर बनाएको ऐतिहासिक संरचना सात वर्षदेखि अलपत्र बनेको छ । तानसेन नगरपालिकाले...

लुम्बिनी संरक्षणमा स्थानीय समुदायको सक्रिय सहभागिताको आवश्यकता : विज्ञहरूको जोड

काठमाडौं । विश्वसम्पदा स्थल लुम्बिनीको संरक्षणमा स्थानिय बासिन्दाको सक्रिय सहभागिता अनिवार्य रहेको पुरातत्वविद् तथा...

अशक्त युवा सन्तोषले पाए घरमै नागरिकता

काठमाडौं । गोरखा नगरपालिका – ३ घलाङका २८ वर्षीय सन्तोष श्रेष्ठले अन्तत घरमै नागरिकता...