बेवारिसे अवस्थामा महिलाको शव फेला

Published on

काठमाडौं । मकवानपुर बागमती गाउँपालिका ४ चौरादोभानस्थित बागमती नदीको बिच बगरमा एक महिलाको शव बेवारिसे अवस्थामा फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार नाम, थर र ठेगाना नखुलेको करिब २४÷२५ वर्षीया महिलाको शव सोमबार साँझ फेला परेको हो । लास घोप्टो अवस्थामा फेला परेको छ भन्ने खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय फापरबारीबाट गएको प्रहरी टोलीले घटनास्थल र शवको जाँच मुचुल्का गरी आवश्यक कारबाहीका लागि हेटौँडा अस्पतालमा ल्याइएको छ । घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

रोहित पौडेलको शतकमा नेपालले क्यानडालाई २४ रनले हरायो

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) शृङ्खलाको आफ्नो...

बूढीगण्डकीमा भीषण बाढी : पाँच गोठाला सम्पर्कविहीन, जलविद्युत् आयोजनाको निर्माणस्थल बगायो

काठमाडौं । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा आइतबार बिहान आएको बाढीले ठूलो भौतिक क्षति पुर्‍याएको...

आजदेखि बडादसैँ सुरु, बिहान ११ः४७ बजे घटस्थापनाको शुभ साइत

काठमाडौँ, असोज २५ । नेपालीको महान् चाड बडादसैँ आज आइतबारदेखि विधिवत् रूपमा सुरु हुँदैछ।...

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको परमादेश

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र नभएका नागरिकलाई नागरिकता प्रमाणपत्रलगायत परिचय खुल्ने अन्य कागजातका...