जहाँ ड्रोनले गर्छ खाना पुर्‍याउने काम

Published on

काठमाडौं । ड्रोन आकाशमा उड्ने मानवरहित सवारी हो । ड्रोन वास्तवमा टाढाटाढा र अन्तरकुन्तरमा रहेका स्थान वा जीवजन्तुलाई हेर्न मात्र होइन, सुरक्षाका दृष्टिले जान आउन अनुकूल नभएको स्थानमा यसलाई आकाश मार्गबाट पठाएर शत्रुपक्षमाथि आक्रमण र हत्या गर्न पनि प्रयोग भइरहेको हामीले सुनेका छौँ । यसको प्रयोग विभिन्न क्षेत्रको निगरानी, पुलहरु, वायु पंख, सौर्य खेती, अग्ला–अग्ला भवन निर्माण, खेतीपाती र सिनेमाहरु निर्माण र निरीक्षणमा अधिक प्रयोग गरिन्छ । ड्रोनभित्र क्यामरा पनि जडान हुने भएकाले यसको बहुउपयोगिता छ ।

तर यहाँ चर्चा गर्न लागिएको ड्रोन भने व्यावसायिक ड्रोन हो । हवाई मार्गबाट मानिसहरुको घरघरमा खाना पुर्‍याउने सेवा दिइरहेको ड्रोन हो । नर्थ क्यारोलिनाको होली स्प्रिंगमा बस्दै आउनुभएका दिनेश ढुङ्गेलका परिवारका सदस्यहरु यदाकदा खानेकुराको अर्डर ड्रोनमार्फत गर्नुहुन्छ । आफ्नो घरमा कोही अतिथि आएको बेलामा खानेकुरा लिएर आएको ड्रोन देखाउनका लागि पनि कहिलेकाँही उहाँहरु यसैमार्फत खानेकुराको अर्डर गर्नुहुन्छ । अर्डर दिएको केही समयपछि नै अर्डर बमोजिमको खानेकुरा लिएर ड्रोन आइपुग्छ र घरको आँगन वा करेसाबारी जहाँ अनुकूल छ, त्यही थपक्क झोलासहितको खानेकुरा राखेर जान्छ ।

प्रार्थना ढुङ्गेलका अनुसार, खाने कुरा बोकेर घरघरमा पुर्याउने मानवरहति यो ड्रोन अर्डर गरेको आधा घण्टाभित्रै खानेकुरा बोकेर आउँछ । र यो वापत अरु धेरै व्ययभार पनि तिर्नु पर्दैन । उनीहरुको यो कुरा सुन्दा पनि अचम्म लागिरहेको थियो । मलाई सो स्थानमा पुगेरै यसको अनुभव बटुल्न मन लाग्यो र ड्रोन बस्ने र उड्ने स्थानमा गयौँ । छ सात वटा ड्रोन बस्ने र उड्ने स्थान रहेछ । अचम्म लाग्यो । रंगीविरंगी पोशाकमा सजिएका केही कर्मचारीहरु ड्रोनको सेवा र हेरचाहमा जुटिरहेका थिए । उनीहरु ड्रोनलाई निर्देशन दिने लगायत फर्केर आएपछि उसलाई मिलाउने, अब कुन स्थानमा जाने हो, सोही अनुरुप जीपीएस लगाइदिने, खाना राखिदिने लगायतका कामहरु गर्न तल्लीन थिए । यसमा जडित उपकरणले कुन स्थानबाट अर्डर आएको छ, सोही स्थानको ठेगाना यसमा राखिदिएपछि जीपीएस सिस्टमले सम्बन्धित ग्राहकको घर ठेगानामा खान पुर्‍याउने स्वत आफू उडेको स्थानमा आएर विश्राम लिँदोरहेछ । साँझतिर यी ड्रोनलाई खाना पुर्‍याउन भ्याइनभ्याइ हुँदोरहेछ ।

त्यहाँ पुग्नासाथ आकाश मार्गबाट कुनै ड्रोन मौरी भुनभुनाए जसरी भुनभुनाउँदै उडिरहेका थिए भने कुनै चाहिँ अर्डर बमोजिम पिज्जा खसालेर आएर ड्रोन थपक्क प्याडमा बसिरहेका थिए । माहुरी जस्तो भुनभुनाउने भएकाले होला यसलाई भाले माहुरीको संज्ञा पनि दिइएको छ । अमेरिकाका एकदमै थोरै स्थानमा मात्रै ड्रोनमार्फत खानेकुराको डेलिभरि गर्ने गरिन्छ । त्यहाँका कर्मचारी डेभीका अनुसार, यस्तो किसिमको व्यावसायिक ड्रोन अमेरिकाभरि जम्मा दुई तीन स्थानमा मात्र छ । यस क्षेत्रका थुप्रै मानिसले यो सेवाबाट लाभ लिइरहेका छन् । सामान्यतया यसरी खाना वा खाजा बोकेर गएको ड्रोन डेढ दुई सय मिटर माथिबाट उड्ने र दुइ तीन माइलको पेरिफेरिमा मात्रै यसले सेवा दिनेरहेछ । यो सेवालाई अझ बढाउने सोचाइ रहेको पनि डेभीले बताइन् ।

ताजा समाचार

नेपाल आज क्यानडासँग खेल्दै

काठमाडौं । आइसिसी विश्वकप लिग–२ सिरिज अन्तर्गत दोस्रो चरणको खेलमा नेपालले सोमबार (आज) राति...

मृतक दुई बालबालिकाका परिवारलाई पाँच-पाँच लाख दिइने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पाँचथरमा दुई बालबालिकाको निधन भएकोप्रति दुःख व्यक्त गर्दै...

मुख्यमन्त्री कार्कीले असोज २ गते विश्वासको मत लिने

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी असोज २ गते विश्वासको मत लिने...

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित छानबिन समितिको प्रतिवेदन पेस हुँदै

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । आजको बैठकमा सहकारी संस्था बचत...