जहाँ ड्रोनले गर्छ खाना पुर्‍याउने काम

Published on

काठमाडौं । ड्रोन आकाशमा उड्ने मानवरहित सवारी हो । ड्रोन वास्तवमा टाढाटाढा र अन्तरकुन्तरमा रहेका स्थान वा जीवजन्तुलाई हेर्न मात्र होइन, सुरक्षाका दृष्टिले जान आउन अनुकूल नभएको स्थानमा यसलाई आकाश मार्गबाट पठाएर शत्रुपक्षमाथि आक्रमण र हत्या गर्न पनि प्रयोग भइरहेको हामीले सुनेका छौँ । यसको प्रयोग विभिन्न क्षेत्रको निगरानी, पुलहरु, वायु पंख, सौर्य खेती, अग्ला–अग्ला भवन निर्माण, खेतीपाती र सिनेमाहरु निर्माण र निरीक्षणमा अधिक प्रयोग गरिन्छ । ड्रोनभित्र क्यामरा पनि जडान हुने भएकाले यसको बहुउपयोगिता छ ।

तर यहाँ चर्चा गर्न लागिएको ड्रोन भने व्यावसायिक ड्रोन हो । हवाई मार्गबाट मानिसहरुको घरघरमा खाना पुर्‍याउने सेवा दिइरहेको ड्रोन हो । नर्थ क्यारोलिनाको होली स्प्रिंगमा बस्दै आउनुभएका दिनेश ढुङ्गेलका परिवारका सदस्यहरु यदाकदा खानेकुराको अर्डर ड्रोनमार्फत गर्नुहुन्छ । आफ्नो घरमा कोही अतिथि आएको बेलामा खानेकुरा लिएर आएको ड्रोन देखाउनका लागि पनि कहिलेकाँही उहाँहरु यसैमार्फत खानेकुराको अर्डर गर्नुहुन्छ । अर्डर दिएको केही समयपछि नै अर्डर बमोजिमको खानेकुरा लिएर ड्रोन आइपुग्छ र घरको आँगन वा करेसाबारी जहाँ अनुकूल छ, त्यही थपक्क झोलासहितको खानेकुरा राखेर जान्छ ।

प्रार्थना ढुङ्गेलका अनुसार, खाने कुरा बोकेर घरघरमा पुर्याउने मानवरहति यो ड्रोन अर्डर गरेको आधा घण्टाभित्रै खानेकुरा बोकेर आउँछ । र यो वापत अरु धेरै व्ययभार पनि तिर्नु पर्दैन । उनीहरुको यो कुरा सुन्दा पनि अचम्म लागिरहेको थियो । मलाई सो स्थानमा पुगेरै यसको अनुभव बटुल्न मन लाग्यो र ड्रोन बस्ने र उड्ने स्थानमा गयौँ । छ सात वटा ड्रोन बस्ने र उड्ने स्थान रहेछ । अचम्म लाग्यो । रंगीविरंगी पोशाकमा सजिएका केही कर्मचारीहरु ड्रोनको सेवा र हेरचाहमा जुटिरहेका थिए । उनीहरु ड्रोनलाई निर्देशन दिने लगायत फर्केर आएपछि उसलाई मिलाउने, अब कुन स्थानमा जाने हो, सोही अनुरुप जीपीएस लगाइदिने, खाना राखिदिने लगायतका कामहरु गर्न तल्लीन थिए । यसमा जडित उपकरणले कुन स्थानबाट अर्डर आएको छ, सोही स्थानको ठेगाना यसमा राखिदिएपछि जीपीएस सिस्टमले सम्बन्धित ग्राहकको घर ठेगानामा खान पुर्‍याउने स्वत आफू उडेको स्थानमा आएर विश्राम लिँदोरहेछ । साँझतिर यी ड्रोनलाई खाना पुर्‍याउन भ्याइनभ्याइ हुँदोरहेछ ।

त्यहाँ पुग्नासाथ आकाश मार्गबाट कुनै ड्रोन मौरी भुनभुनाए जसरी भुनभुनाउँदै उडिरहेका थिए भने कुनै चाहिँ अर्डर बमोजिम पिज्जा खसालेर आएर ड्रोन थपक्क प्याडमा बसिरहेका थिए । माहुरी जस्तो भुनभुनाउने भएकाले होला यसलाई भाले माहुरीको संज्ञा पनि दिइएको छ । अमेरिकाका एकदमै थोरै स्थानमा मात्रै ड्रोनमार्फत खानेकुराको डेलिभरि गर्ने गरिन्छ । त्यहाँका कर्मचारी डेभीका अनुसार, यस्तो किसिमको व्यावसायिक ड्रोन अमेरिकाभरि जम्मा दुई तीन स्थानमा मात्र छ । यस क्षेत्रका थुप्रै मानिसले यो सेवाबाट लाभ लिइरहेका छन् । सामान्यतया यसरी खाना वा खाजा बोकेर गएको ड्रोन डेढ दुई सय मिटर माथिबाट उड्ने र दुइ तीन माइलको पेरिफेरिमा मात्रै यसले सेवा दिनेरहेछ । यो सेवालाई अझ बढाउने सोचाइ रहेको पनि डेभीले बताइन् ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...