अट्वारी पर्वमा दुई दिन बिदा

Published on

काठमाडौं । कैलालीको कैलारी गाउँपालिकाले थारू समुदायको अट्वारी पर्वको अवसरमा दुई दिन बिदा दिने निर्णय गरेको छ । सो पालिकाले भदौ २३ र २४ गते गरी दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । यहाँका थारु समुदायले दुई दिन अट्वारी पर्व मनाउने गरेका छन् । अट्वारी पर्वको अवसरमा प्रदेश सरकारले २३ गते सार्वजनिक बिदा दिएका कारण कार्यपालिकाको बैठकले २४ गते थप एक दिन बिदा दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र जोशीले बताउनुभयो ।

सम्पूर्ण सरकारी कार्यालय, विद्यालय, बैंक तथा वित्तीय संस्थामा बिदा दिइएको गाउँपालिकाको कार्यालयले जानकारी दिएको छ । पश्चिम तराईबासी थारू समुदायका मानिसले धुमधामका साथ अट्वारी पर्व मनाउँदै आएका छन् । यस पर्वमा थारू पुरुषले व्रत बस्ने गर्छन् । गोरखापत्र

ताजा समाचार

राष्ट्रपति पदको निर्णायक बहसमा भिड्दै ह्यारिस र ट्रम्प

काठमाडौं । कमला ह्यारिस र डोनाल्ड ट्रम्प मङ्गलबार टेलिभिजनमा उच्चस्तरीय बहसमा आमनेसामने हुन तयार...

मीना परियार हत्या प्रकरण : अभियुक्तलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

काठमाडौं । म्याग्दीको बेनी नगरपालिका–९ तोरीपानीकी १९ वर्षीया मीना परियारको हत्या मुद्दाका सबै आरोपीलाई...

तनहुँमा २८ जनाले त्यागे नेपाली नागरिकत

काठमाडौं । तनहुँमा रहेका २८ जनाले नेपाली नागरिकता परित्याग गरेका छन् । जिल्ला प्रशासन...

सुनको मूल्यमा नयाँ रेकर्ड

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । बुधबार छापावाल सुनको मूल्य तोलामा...