न्यायको पखाईमा सहिद शाहका परिवार

Published on

काठमाडौं । रुकुमपश्चिमको चौरजहारी नगरपालिका–११ खोलागाँउका गणेश शाहको हत्या भएको ३० वर्ष पूरा भएको छ । हालसम्म पनि मृतकका परिवारले न्याय नपाएको गुनासो गरेका छन् । सहिद गणेश शाहको ३० औं स्मृति दिवसको अवसरमा आयोजित स्मृति सभामा बोल्ने अधिकांश वक्ताहरुले सहिदका परिवारले न्याय नपाएको गुनासो गरेका छन् । स्वर्गीय शाहको श्रीमती तुला कुमारी शाहले न्यायको पर्खाईमै ३० वर्ष बितेको बताउनुभयो । श्रीमान् मृत्युपछि परिवारको बिचल्ली भएको बताउनुहुँदै उहाँले श्रीमानको हत्या गर्नेहरुलाई कारबाही नभएको, जनयुद्धको नाममा फरार भएको र राज्यबाट हालसम्म राहत नपाएको गुनासो गर्नुभयो ।

शाहको २०५१ साल भदौ १७ गते तत्कालीन सिम्ली गाविसको सुलिहालेमा तत्कालीन माओवादीबाट हत्या भएको थियो । खोलागाउँ गाविस अध्यक्ष तथा जिल्ला विकास समितिका सदस्य शाह कामको सिलसिलामा जिल्ला सदरमुकाम जाँदै गर्दा बाटोमै हत्या भएको थियो । नेपाली कांग्रेस रुकुमपश्चिमका उपसभापति हर्क सिं खत्रीले माओवादीले जनयुद्ध सुरु अघि चलाएको सिस्ने जलजला ९सिज० अभियानको क्रममा गणेश शाहको घाँटी रेटेर हत्या गरेको तर हालसम्म पनि न्याय नपाएको बताउनुभयो । सरकार र बिद्रोही माओवादी बिच विस्तृत शान्ति सम्झौता हुँदा २०५२ साल फाुगन १ गते यताका घटनालाई मात्रै द्वन्द्वकालीन घटना मान्ने भनेर उल्लेख गरिएपछि मृतक शाहको परिवारले राहत पाउनबाट बञ्चित भएको उहाँको भनाइ छ ।

‘‘न त हत्यारा पक्राउ परेर कारबाही भयो, न मृतकका परिवारलाई उचित राहत दिने काम भयो,’’ उपसभापति खत्रीले भन्नुभयो, ‘‘सहिदका परिवारलाई ३० वर्षसम्म अन्याय भइरहेको छ ।’ कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सदस्य यदुकुमार आचार्यले मान्छे मारेर विचारको हत्या गर्न खोज्नु अपराधिक मानसिकता र मूर्खता भएकाले गणेश शाहको विचार र बाटो असल र अमर रहेको बताउनुभयो । उहाँले मृतकका परिवारलाई न्यायका लागि माग गर्नुभयो । चौरजहारी नगर समितिका सभापति प्रेमबहादुर ओलीले हत्या र हिंसाको बाटोले कसैको पनि भलो नहुने र विचार मार्न नसकिने उल्लेख गर्नुभयो । वैचारिक आस्थाकै आधारमा हत्या गरिएका गणेश शाहको परिवार तीन दशकसम्म न्यायको खोजीमा भौतारिनुपर्ने अवस्था आउनु भनेको कानुनी राज्य माथिको उपहास भएको उहाँको भनाइ छ ।

शाहको हत्यापछि सरकारले सहिद घोषणा गरेको थियो भने शान्ति तथा पुनर्निर्माण मन्त्रालयले तयार पारेको द्वन्द्वका क्रममा ज्यान गुमाएकाहरुको सूचीमा पनि उहाँको नाम समावेश छ । तर उहाँको परिवारले मृतकका परिवारले पाउने राहतबाट भने बञ्चित भइरहेको छ । राहतका लागि जिल्ला र केन्द्रसम्म धाउँदा धाउँदा पनि मृतकका परिवारलाई वेवास्ता गरिएको गुनासो रहेको छ । नेपाली कांग्रेस चौरजहारी नगरपालिका वडा नम्वर ११ का सभापति खिमबहादुर ओलीले हरेक वर्ष शाहको स्मृति दिवसका अवसरमा विभिन्न कार्यक्रम गरिरहेको जानकारी दिनुभयो । अब उहाँको नाममा स्मृति प्रतिष्ठान बनाएर विभिन्न कार्यहरु गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

प्रधानमन्त्री कार्कीसँग प्रहरी महानिरीक्षक खापुङको बिदाइ भेट

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङले आज बिदाइ भेट...

फिलिपिन्समा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९ पुग्योे

काठमाडौं । फिलिपिन्समा हालै आएको दुई वटा शक्तिशाली चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९...

भ्रष्टाचारको आरोपमा श्रीलङ्काका पूर्व मन्त्री पक्राउ

काठमाडौं । श्रीलङ्काका पुर्व पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रसन्ना रणतुङ्गालाई घूसखोरी तथा भ्रष्टाचारको...

दोश्रो फङ्फङ्देन झरना सांस्कृतिक तथा पर्यटन मेला हुने

काठमाडौं । दोश्रो फङ्फङ्देन झरना सांस्कृतिक तथा पर्यटन मेला आगामी मङ्सिर ७ गतेबाट हुने...