‘प्रतिफल दिने आयोजनामा ऋण लगानी’

Published on

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लाभ र लागत विश्लेषणका आधारमा अर्थतन्त्रमा यथोचित प्रतिफल दिन सक्ने आयोजनामा लगानी विस्तार गर्ने सरकारको प्राथमिकता रहेको बताउनुभएको छ ।

नेपालका लागि अन्तर्राष्ट्रिय मुद्रा कोषको आवासीय प्रतिनिधि टेरेसा डेबन सान्चेजसँग अर्थ मन्त्रालयमा मङ्गलबार भएको छलफलका क्रममा उहाँले आयोजनाको प्रभावकारी व्यवस्थापनमार्फत आर्थिक वृद्धिको लक्ष्य हासिल गर्ने पक्षमा सरकार रहेको बताउनुभयो । सो क्रममा अर्थमन्त्री पौडेलले सतर्कतापूर्वक सरकारले ऋण लिने र लिइएको ऋणलाई उत्पादन तथा उत्पादकत्व अभिवृद्धिका साथै राम्रो प्रतिफल दिने आयोजनामा लगानी गर्ने बताउनुभएको हो ।

नेपालका लागि विस्तारित कर्जा सुविधा (एक्सटेन्डेड क्रेडिट फेसिलिटी–इसिएफ) को चौथो अवधिको समीक्षासम्म भएका नीतिगत सुधारमा सरकार प्रतिबद्ध रहेको अर्थमन्त्री पौडेलको भनाइ थियो । ती प्रतिबद्धताको सरकारले कार्यान्वयन गर्ने र आगामी नोभेम्बरमा हुने पाँचौँ समीक्षाका लागि अन्तर्राष्ट्रिय मुद्रा कोषसँग सहकार्य गरेर अघि बढ्ने पनि उहाँले बताउनुभयो । आवासीय प्रतिनिधि सान्चेजले नेपालमा जलविद्युत् र पर्यटनका क्षेत्रमा धेरै राम्रो सम्भावना भएको र प्रतिफल दिने ठाउँमा पुँजीगत खर्च गर्दा आर्थिक वृद्धि र अर्थतन्त्रको आकार बढाउन सकिने धारणा व्यक्त गर्नुभयो । चालु आवको बजेटमा छ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखिएको छ ।

spot_img

ताजा समाचार

प्रधानमन्त्री कार्कीसँग प्रहरी महानिरीक्षक खापुङको बिदाइ भेट

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङले आज बिदाइ भेट...

फिलिपिन्समा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९ पुग्योे

काठमाडौं । फिलिपिन्समा हालै आएको दुई वटा शक्तिशाली चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९...

भ्रष्टाचारको आरोपमा श्रीलङ्काका पूर्व मन्त्री पक्राउ

काठमाडौं । श्रीलङ्काका पुर्व पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रसन्ना रणतुङ्गालाई घूसखोरी तथा भ्रष्टाचारको...

दोश्रो फङ्फङ्देन झरना सांस्कृतिक तथा पर्यटन मेला हुने

काठमाडौं । दोश्रो फङ्फङ्देन झरना सांस्कृतिक तथा पर्यटन मेला आगामी मङ्सिर ७ गतेबाट हुने...