यस्तो सहर जहाँ मानिस मृत्युवरण गर्न जान्छन्

Published on

काठमाडौं । वृद्ध भारतीय हिन्दु भक्तहरूको भीड मृत्युका लागि उनीहरूको एकतर्फी तीर्थयात्राले अनन्त शान्ति प्रदान गर्नेछ भन्नेमा शान्त र आश्वस्त छ । कोही केही दिन मात्र बस्छन् भने कोही दशकौँ प्रतीक्षा गर्छन् । भारतको पवित्र सहर वाराणसीमा गङ्गा नदीको किनारमा धुवाँको अन्त्येष्टि चिताहरू छन्, जहाँ हरेक वर्ष हजारौँ हिन्दु श्रद्धालु आफ्नो अन्तिम दिनहरू बिताउन आउने गर्छन् । गङ्गा किनारमा मृत्युवरणले उनीहरूको त्यहीँ अन्त्येष्टि गरिनेछ । उनीहरूको खरानीलाई नजिकको सिँढीहरू वा ‘घाटहरू’ मा पानीमा छरिन्छ भन्ने ग्यारेन्टी दिन्छ । हिन्दुहरू यसबाट पुनर्जन्मको चक्रबाट मुक्ति सुनिश्चित गर्छ भन्ने विश्वास गर्छन् ।

९२ वर्षीय बद्रीप्रसाद अग्रवालले सुदूरपश्चिमी राजस्थानबाट धेरै दिनसम्म एक हजार किलोमिटरभन्दा लामो यात्रा गर्नुभयो । आफू मर्नका लागि सही ठाउँमा भएको थाहा पाएर शान्तिपूर्वक पर्खन पाउँदा उहाँ खुसी हुनुहुन्थ्यो । लामो र कठिन जीवनको अन्तिम अवस्थामा आराम गर्दै उहाँले भन्नुभयो, “यो भगवानको आफ्नै भूमि हो ।” उहाँका अनुसार भगवानले उहाँलाई अझै पाँच महिना बचाउने छन् । उहाँ एउटा धर्मशालामा समय बिताउन सन्तुष्ट हुनुहुन्छ । धर्मशालाले अतीतको शान्त चिन्तनमा आफ्ना अन्तिम दिनहरू बिताउन आउनेलाई सेवा गर्दछ ।अग्रवालले भन्नुभयो, “म हरेक दिन भगवानसँग कुरा गर्छु, चाँडै नै म भगवानको घरमा शान्तिसँग हुनेछु ।”

सहरका धेरै ‘मुक्ति घर’ मध्येको एक ‘मुक्ति खोज्नेहरूको घर’ भनिने मुमुक्षु भवन धर्मशाला नामक परोपकारी अतिथि गृहमा बस्न उहाँले ठाउँ पाउनुभएको छ । केन्द्रमा ४० वटा कोठा छन् । धर्मशालाले वाराणसीमा मर्न आउने हजारौँ मानिसलाई सेवा दिन्छ । नदीबाट केवल एक मिनेटको पैदल दूरीमा रहेको उक्त धर्मशाला नदीबाट सबैभन्दा नजिक रहेकाले अग्रवाल त्यहाँ आउन पाउँदा प्रसन्न हुनुहुन्छ । अनादिकालदेखि भइरहेजस्तै त्यहाँ दाहसंस्कारको आगो कहिल्यै निभ्दैन । बनारसको नामबाट पनि चिनिने हिन्दुहरूका लागि उत्तरी सहर वाराणसी विश्वको सबैभन्दा पवित्र स्थानमध्ये एक हो । यो संहारका देवता भगवान् शिवको सहर हो । हिन्दुहरू भगवान् शिवले पुनः निर्माण गर्नुअघि नष्ट गर्नुहुने बताउँछन् । ‘मोक्ष’ अर्थात् मुक्तिको खोजीमा मानिसहरू शताब्दीयौँदेखि यहाँको यात्रा गर्दैआएका छन् । मोक्ष धर्मशालामा कोही एक्लै आउँछन् र परोपकारमा निर्भर हुन्छन् । कोही विवाहित जोडी आउँछन् । अन्यले आफ्नो जीवनको बचत आफ्नो मार्ग तिर्न प्रयोग गर्दछन् वा आफ्नो हेरचाहका लागि आफन्तलाई साथमा ल्याउँछन् ।

बिरामीका लागि चिकित्सा सुविधा छ, तर यो पवित्र सहरमा मृत्युमा शोक गर्ने कुरा होइन । यसको सट्टा यसलाई आशीर्वाद मानिन्छ । किनकि भक्तहरूमा उनीहरूको आत्माले जीवन र मृत्युको चक्रबाट मुक्ति पाउनेछ भन्ने बुझाइ छ । ७२ वर्षीया नादी बाई दुई वर्षअघि मणिकर्णिका घाट दाहसंस्कार स्थलबाट आफ्नो समयको प्रतीक्षा गर्दै वाराणसी जानुभयो । “मेरो दाहसंस्कार होस् भन्ने म चाहन्छु जसबाट मेरो आत्मालाई शान्ति प्राप्त होस् र मेरो खरानी गङ्गामा विसर्जन होस्”, उहाँले भन्नुभयो । उहाँले मोक्ष अगाडि छ भन्ने प्रबल विश्वासमा मृत्युवरण गरेकाको उत्सव हेर्नुभएको छ । “मानिसहरूलाई दाहसंस्कारका लागि लैजाँदा तपाईँलाई भगवानको जस्तै सिंहासनमा बसाएको जस्तो लाग्दछ” उहाँले भन्नुभयो, “त्यहाँ धेरै सम्मान छ र सबै कुरा राम्रो तरिकाले गरिन्छ ।”

गुलाब बाई ३० वर्षअघि आफ्ना श्रीमानसँग यहाँ आउनुभएको थियो । सात वर्षअघि उहाँको श्रीमानको मृत्यु भयो । अहिले हुर्किसकेका छोराछोरी भेट्न आउँदा उहाँ जान तयार हुनुहुन्छ । हिन्दु धर्मको पवित्र रङ भगवा साडी लगाउनुभएकी ९१ वर्षीया बाई शान्तिपूर्वक आफ्नो प्रतीक्षा गरिरहनुभएको छ । “यहाँ मृत्युवरण गर्दा र अन्त्येष्टि गर्दा जीवन र मृत्युको अन्तहीन चक्र तोडिन्छ, त्यसपछि मलाई मोक्ष प्राप्त हुनेछ” उहाँले भन्नुभयो । रासस

spot_img

ताजा समाचार

वर्षामा बिपी राजमार्गः अवरुद्ध भए आधा घण्टामै खुलाइने

बाढीपहिरोका कारण पटकपटक अवरुद्ध हुने बिपी राजमार्ग अब अवरुद्ध भएमा आधा घण्टाभित्रै सञ्चालनमा ल्याउने...

गणेश नेपालीलाई उपचारका लागि भारत लैजाने तयारी

त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि भएको घटनामा गम्भीर रूपमा घाइते भएका गणेश नेपालीको सम्पूर्ण उपचार खर्च...

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...