प्रस्तावित थप चार राजदूतको सुनुवाइ

Published on

काठमाडौं । संसदीय सुनुवाइ समितिले विभिन्न देशमा प्रस्तावित थप चार राजदूतको सुनुवाइ गरेको छ । समितिले प्रस्तावित १७ मध्ये बुधबारसम्म १३ जनाको सुनुवाइ गरेको छ । बुधबार रुसका लागि प्रस्तावित राजदूत जङ्गबहादुर चौहान, साउदी अरबका लागि प्रस्तावित नरेशविक्रम ढकाल, दक्षिण अफ्रिकाका लागि प्रस्तावित प्राडा कपिलमान श्रेष्ठ र दक्षिण कोरियाका लागि प्रस्तावित डा। शिवमाया तुम्बाहाङ्फेको सुनुवाइ भएको छ ।

समितिको कार्यतालिका अनुसार अब स्पेन, श्रीलङ्का, बेलायत र अमेरिकाका लागि प्रस्तावित राजदूतको सुनुवाइ बाँकी छ । प्रस्तावित सबैको सुनुवाइ सकेपछि समितिले अनुमोदनबारे निर्णय गर्ने छ । सुनुवाइका क्रममा प्रस्तावित राजदूत चौहानले रुसमा युद्धमा सहभागी भएका नेपाली नागरिकलाई स्वदेश फिर्ताको पहल गर्ने बताउनुभयो । उहाँले नागरिकको स्वदेश फिर्तीका लागि सहजीकरण गर्न पनि आग्रह गर्नुभयो । साउदीका लागि प्रस्तावित ढकालले दुई देशबिचमा उच्चस्तरीय भ्रमण, श्रम सम्झौता पुनरवलोकन, दूतावास भवन निर्माण र सेवा प्रवाहमा सुधारलगायतका प्राथमिकता सुनाउनुभयो । ढकालले ६०० भन्दा बढी नेपाली नागरिक साउदीका जेलमा रहेको तथ्याङ्क प्रस्तुत गर्दै कानुन तथा त्यहाँको सामाजिक परिस्थिति नबुझेर पनि कसुर भएको बताउनुभयो ।

दक्षिण अफ्रिकाका लागि प्रस्तावित श्रेष्ठले सरकारको नीतिलाई नै आफूले प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो । उहाँले राजदूत राजनीतिक नियुक्तिको पद भएको बताउँदै संवैधानिक निकायमा रहेर काम गरेकै आधारमा अयोग्य नहुने जिकिर गर्नुभयो । उहाँले आफूलाई रोक्ने कुनै संवैधानिक तथा कानुन व्यवस्था भए पुष्टि गर्न पनि चुनौती दिनुभयो । दक्षिण कोरियाका लागि प्रस्तावित तुम्बाहाङ्फेले दुई देशबिचको उच्चस्तरीय भ्रमण, नेपालमा लगानी तथा निर्यात वृद्धिको क्षेत्र प्राथमिकतामा रहेको बताउनुभयो । तुम्बाहाङ्फेले पर्यटन, श्रम तथा रोजगार, शिक्षा, प्रविधिको सहायताको क्षेत्रमा केन्द्रित हुने पनि बताउनुभयो ।

spot_img

ताजा समाचार

एनपिएल : जनकपुरले टस जित्यो, कर्णाली ब्याटिङ गर्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा अहिले कर्णाली याक्स...

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबिच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले भेटवार्ता गर्नुभएको छ । सिंहदरबारस्थित...

ट्याक्सी दुर्घटनामा चालकको मृत्यु

काठमाडौं । म्याग्दीमा ट्याक्सी दुर्घटना हुँदा चालकको ज्यान गएको छ । जिल्लाको बेनी–दरबाङ सडकअन्तर्गत...

धरान–१३ मा पिकअप दुर्घटना: एक युवकको मृत्यु, ११ जना घाइते

काठमाडौं । धरान उपमहानगरपालिका–१३ स्थित गोर्खा वेल्फेयर मोड नजिक शनिबार राति भएको पिकअप दुर्घटनामा...