दुई ठुला दल मिल्दा आत्मविश्वास बढेको छ : गृहमन्त्री लेखक

Published on

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा गृहमन्त्री रमेश लेखकले कांग्रेस र एमाले दुई ठुला प्रतिस्पर्धी दलको गठबन्धनले आत्मविश्वास बढेको बताउनुभएको छ । नेपाली कांग्रेस कैलालीले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै गृहमन्त्री रमेश लेखकले सो कुरा बताउनुभएको हो ।

दुई ठुला दल मिल्दा राजनीतिक र जनतामा आत्मविश्वास बढेको बताउनुभयो । उहाँले भन्नुभयो, “दुई ठुला दलहरू एक आपसमा प्रतिस्पर्धी दलहरू हुन्। हामीबिच प्रतिस्पर्धा पनि छ, सहमति पनि छ । हामी सहमतिका साथ अघि बढ्दा जनतामा आत्मविश्वास बढेको छ ।” कार्यक्रममा बोल्नुहुँदै मन्त्री लेखकले दुई दलबिचको गठबन्धन बन्दा देशमा परिर्वनको थालनी भएको बताउनुभयो । उहाँले भन्नुभयो, “दुई दलको सरकार बने लगत्तै अर्थतन्त्र चलायमान भएको छ, १८ वर्षदेखि रोकिएको सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदबाट पास भएको छ । शान्ति प्रक्रियाका लागि रोकिएका बाँकी काम अघि बढेका छन् । जसको विदेशी शक्तिहरूले प्रशंसा गरेका छन् ।

कैलाली जिल्लाको समग्र शान्ति सुरक्षा, सीमा नाकालाई व्यवस्थित तथा सुदृढीकरणका लागि आवश्यक पहल गरिने उहाँले बताउनुभएको छ । सीमा क्षेत्रमा चेकजाँचका क्रममा प्रहरी प्रशासनबाट ज्यादती बढेको स्थानीयले गुनासो गरेपछि सो को नियन्त्रणका लागि समेत निर्देशन दिन उहाँले बताउनुभयो । गृहमन्त्री लेखकलाई नेपाली कांग्रेस कैलालीका जिल्ला सचिव नृप सुनारले समग्र जिल्लाको वस्तुस्थितिका बारेमा अवगत गराएका थिए । गोरखापत्र

spot_img

ताजा समाचार

शान्तिसुरक्षा कायम गरेर मात्र निर्वाचन : पूर्व सञ्चारमन्त्री गुरुङ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव एवं निवर्तमान सञ्चार तथा सूचना प्रविधि...

मतदाता नामावली उत्साहपूर्वक सङ्कलन गरिँदै

काठमाडौं । राष्ट्रिय परिचयपत्र प्रयोग गरेर पनि मतदाता नामावली सङ्कलन सुरू गरेपछि नयाँ मतदाताको...

एक वर्षपछि खुल्यो मुर्कची-रौता-जाँते ग्रामीण सडक

काठमाडौं । उदयपुरको उत्तरी मध्यपहाडी क्षेत्रको मुर्कुची, रौता, जाते ग्रामीण सडक एक वर्षपछि खुलेको...

संयुक्त राष्ट्र सुरक्षा परिषदले सोमबार गाजा युद्धविराम प्रस्तावमा मतदान गर्ने

काठमाडौं । संयुक्त राष्ट्र सुरक्षा परिषदले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजा शान्ति योजनालाई...