दुई ठुला दल मिल्दा आत्मविश्वास बढेको छ : गृहमन्त्री लेखक

Published on

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा गृहमन्त्री रमेश लेखकले कांग्रेस र एमाले दुई ठुला प्रतिस्पर्धी दलको गठबन्धनले आत्मविश्वास बढेको बताउनुभएको छ । नेपाली कांग्रेस कैलालीले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै गृहमन्त्री रमेश लेखकले सो कुरा बताउनुभएको हो ।

दुई ठुला दल मिल्दा राजनीतिक र जनतामा आत्मविश्वास बढेको बताउनुभयो । उहाँले भन्नुभयो, “दुई ठुला दलहरू एक आपसमा प्रतिस्पर्धी दलहरू हुन्। हामीबिच प्रतिस्पर्धा पनि छ, सहमति पनि छ । हामी सहमतिका साथ अघि बढ्दा जनतामा आत्मविश्वास बढेको छ ।” कार्यक्रममा बोल्नुहुँदै मन्त्री लेखकले दुई दलबिचको गठबन्धन बन्दा देशमा परिर्वनको थालनी भएको बताउनुभयो । उहाँले भन्नुभयो, “दुई दलको सरकार बने लगत्तै अर्थतन्त्र चलायमान भएको छ, १८ वर्षदेखि रोकिएको सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदबाट पास भएको छ । शान्ति प्रक्रियाका लागि रोकिएका बाँकी काम अघि बढेका छन् । जसको विदेशी शक्तिहरूले प्रशंसा गरेका छन् ।

कैलाली जिल्लाको समग्र शान्ति सुरक्षा, सीमा नाकालाई व्यवस्थित तथा सुदृढीकरणका लागि आवश्यक पहल गरिने उहाँले बताउनुभएको छ । सीमा क्षेत्रमा चेकजाँचका क्रममा प्रहरी प्रशासनबाट ज्यादती बढेको स्थानीयले गुनासो गरेपछि सो को नियन्त्रणका लागि समेत निर्देशन दिन उहाँले बताउनुभयो । गृहमन्त्री लेखकलाई नेपाली कांग्रेस कैलालीका जिल्ला सचिव नृप सुनारले समग्र जिल्लाको वस्तुस्थितिका बारेमा अवगत गराएका थिए । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...