चीनमा सुपर टाइफुन यागीका कारण विद्यालय तथा उडान स्थगित

Published on

काठमाडौं । चीनमा आएको उष्णकटिबन्धीय आँधी ‘यागी’ सुपर टाइफुनमा परिणत भई टापू प्रान्त हाइनान प्रभावित भएपछि दक्षिणी चीनका सहरहरूमा बिहीबार विद्यालय तथा केही उडानहरू स्थगित गरिएको छ । आधिकारिक तथ्याङ्कअनुसार यागीले यस हप्ता फिलिपिन्सको लुजन टापूमा बाढी पहिरो निम्त्याउँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ । सिन्ह्वा समाचार एजेन्सीका अनुसार यागी दक्षिण चीन सागर पार गरी पश्चिममा चीनको हाइनानतर्फ गइरहेको अवस्थामा सुपर टाइफुनमा परिणत हुँदा दुई सय नौ किलोमिट प्रतिघण्टाको गतिमा हावा चलिरहेको थियो ।

प्रान्तीय विपद् व्यवस्थापन अधिकारीका अनुसार हाइनानले बिहीबार यागीलाई आपत्कालीन प्रतिक्रियालाई उच्चस्तरमा अपग्रेड गरेको छ । टाइफुनले शुक्रबार दिउँसो हाइनान वा छिमेकी गुआङ्गडोङमा अवतरण गर्ने अनुमान गरिएको छ । हाइनानको राजधानी हाइकोमा बिहीबार विद्यालय तथा स्थानीय यातायात सेवाहरू स्थगित गरिएको छ । हङकङमा यागीले प्रभाव नपार्ने अपेक्षा गरिए पनि मौसम विज्ञान विभागले सहरको तेस्रो उच्चतम टाइफुन चेतावनी जारी गर्ने जनाएको छ । हङकङका किन्डरगार्टेन र विशेष विद्यालय बिहीबार स्थगित गरिएको थियो भने बजेट एयरलाइन्स हङकङ एक्सप्रेसले छ वटा उडान पूनर्निर्धारित गरिएको जनाएको छ ।

यसैगरी ग्रेटर बे एयरलाइन्सले आँधीका कारण चारवटा उडान रद्द गर्ने र थप दुईवटाको पुनःतालिका तय गर्ने जनाएको छ । यागी सुपर टाइफुनको तीव्रतामै शुक्रबार बिहान हङकङको दक्षिणपश्चिममा करिब तीन सय किलोमिटरको गतिमा रहने मौसम बिज्ञान विभागले जनाएको छ । यागीसँग सम्बन्धित आँधीबेहरीले बिहीबार राति र भोलि बिहान पर्ल नदीको मोहिराको वरपर असर पार्ने अनुमान गरिएको छ । दक्षिणी चीनपछि यागी भियतनामतर्फ बढ्नेछ र प्रसिद्ध युनेस्को सम्पदा स्थल हालोङ–बे वरपरको उत्तरी र उत्तर–मध्य क्षेत्रमा पुग्ने जनाइएको छ । भियतनामको मौसम विज्ञान एजेन्सीले बिहीबार आँधीबेहरीको चेतावनी जारी गरेको छ भने सरकारले आँधीको पूर्वतयारीका लागि सैन्य कर्मचारी परिचालन गरेको छ । रासस\एएफपी

spot_img

ताजा समाचार

किशोरी इनिसाको बलात्कारपछि हत्या: कानुन संशोधनको माग

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरकी १६ वर्षीया किशोरी इनिसा विकको सामूहिक बलात्कारपछि भएको हत्यामा संलग्नलाई...

मध्यपूर्वमा रहेका नेपालीको तत्काल उद्धार गर्न सरकारसँग श्रमविज्ञको आग्रह

काठमाडौं । श्रमविज्ञ डा. रामेश्वर नेपालले मध्यपूर्वका विभिन्न देशमा द्वन्द्वका कारण जोखिममा परेका नेपाली...

छ वर्षपछि चीन-उत्तर कोरिया रेल सेवा पुनः सुरु

काठमाडौं । करिब छ वर्षपछि उत्तर कोरिया र चीनबीचको रेल सेवा पुनः सञ्चालनमा आएको...

धमाधम विज्ञापन सामग्री हटाउँदै काठमाडौँ महानगर

काठमाडौं । सम्झौताअनुरूप समय सकिँदा पनि सम्बद्ध अधिकारी सम्पर्कमा नआएपछि काठमाडौँ महानगरपालिकाले विज्ञापन सामग्री...