महिलालाई लेखन कार्यमा सक्रिय हुन आह्वान

Published on

काठमाडौं । प्रवासी भूमिमा नेपाली भाषा र साहित्यको क्षेत्रमा क्रियाशील महिलालाई लेखन कार्यमा उत्प्रेरित गर्न आह्वान गरिएको छ । अमेरिकाको जर्जिया राज्यमा आयोजित छैटौँ अन्तर्राष्ट्रिय नेपाली महिला साहित्य सम्मेलनका अवसरमा वक्ताहरूले यस्तो आह्वान गरेका हुन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) महिला समितिको आयोजना तथा अनेसास जर्जिया च्याप्टरको संयोजनमा भएको उक्त कार्यक्रममा लेखक, साहित्यकार तथा प्राज्ञिक व्यक्तित्वहरूले नेपाली भाषाको उत्थानका लागि समुदायसँग हातेमालो गर्न आग्रह गरे । कार्यक्रमको उद्घाटन प्रमुख अतिथि जर्जिया राज्यका स्टेट सिनेटर शेख रहमानले गर्नुभएको थियो । सम्मेलनमा अनेसास बोर्ड अफ ट्रस्टी (बिओटी) का उपाध्यक्ष तीर्थराज पाण्डेय, डा. कविता लामा, तारा उप्रेती र भारती गौतमले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्र प्रस्तुत गर्दै उपाध्यक्ष पाण्डेयले भानुभक्तको ‘वधूशिक्षा’ मा नारीका विषयमा तत्कालीन अवस्थामा गरिएको विभेदकारी चित्रणबारे टिप्पणी गर्नुभयो । हाँले भन्नुभयो, “नारी सम्मानका लागि साहित्यमा उनीहरूको सक्रिय सहभागिता र उनीहरूमाथि हुने विभेदका बारेमा निरन्तर लेखिनु आवश्यक छ ।”

कार्यक्रममा अनेसास बोर्ड अफ ट्रस्टीका सभापति पदम विश्वकर्मा, केन्द्रीय कार्यसमितिका अध्यक्ष सर्वज्ञ वाग्ले, बोर्ड अफ ट्रस्टीका सल्लाहकार तीर्थराज अधिकारी र केन्द्रीय कार्यसमितिका वरिष्ठ उपाध्यक्ष लालगोपाल सुवेदीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । महिला समितिकी संयोजक उर्मिला निर्दोषीको सभापतित्वमा आयोजित सो समारोहमा विभिन्न कृतिको लोकार्पण समेत गरिएको थियो । लोकार्पित कृतिहरूमा:

  • अनेसास महिला समितिद्वारा प्रकाशित ‘सिर्जनामा नारी’
  • हेमराज सापकोटाको जीवनीमा आधारित ‘एक्स्ट्राअर्डिनरी लाइफ अफ अ डिस्ट्रिक्ट एडमिनिस्ट्रेटर’
  • तारा उप्रेतीको ‘माई लाइफ सो फार’

सो अवसरमा समाजसेवी डा. प्रल्हाद पन्त, बिन्दु पन्त, च्याप्टरका संस्थापक अध्यक्ष चेतनाथ घिमिरे र जर्जिया च्याप्टरकी अध्यक्ष मीरा कोइरालालाई सम्मान गरिएको थियो । ११ बुँदे घोषणापत्र जारी गर्दै समापन भएको उक्त कार्यक्रममा विभिन्न कविहरूले सिर्जना वाचन गर्नुका साथै विविध सांस्कृतिक प्रस्तुतिहरू समेत राखिएका थिए । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...