युक्रेनसँग वार्ता गर्न रुस तयार छ : रुसी राष्ट्रपति पुटिन

Published on

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार युक्रेनसँग वार्ता गर्न तयार रहेको बताउनुभएको छ । यसअघि कुर्स्क क्षेत्रमा किएभको आक्रमण जारी रहेको बेला वार्ताको विचारलाई उहाँले अस्वीकार गर्नुभएको थियो । युक्रेनले अगस्टमा रुसको कुर्स्क क्षेत्रमा अभूतपूर्व सीमा पार आक्रमण सुरु गर्‍यो र हजारौँ सैनिकलाई सीमापार पठाएर धेरै गाउँ कब्जा गर्‍यो । त्यस लगत्तै पुटिनले कुनै वार्ता हुन नसक्ने बताउनुभयो । भ्लाडिभोस्टक सहरमा रुसको पूर्वी आर्थिक मञ्चमा प्रश्नोत्तर सत्रमा उहाँले रुस वार्ताका लागि तयार रहेको तर सन् २०२२ मा इस्तानबुलमा मस्को र किएभका वार्ताकारहरूबिच रद्द भएको सम्झौताका आधारमा वार्ता हुने बताउनुभयो । सार्वजनिक नगरिएको उक्त सम्झौताका सर्तहरू कहिल्यै पूरा भएनन् ।

“के हामी उनीहरूसँग वार्ता गर्न तयार छौँ रु हामीले वार्ता गर्न कहिल्यै अस्वीकार गरेका छैनौँ तर केही अल्पकालीन मागहरूका आधारमा नभई इस्तानबुलमा सहमति भएको दस्तावेजहरूका आधारमा वार्ता गर्न तयार छौँ”, उहाँले भन्नुभयो । मस्कोले युक्रेनमा आक्रमण सुरु गरेलगत्तै रुस र युक्रेन सन् २०२२ को वसन्तमा एउटा सम्झौताको नजिकमा पुगेको क्रेमलिनले बारम्बार दाबी गरेको छ । “हामी एउटा सम्झौतामा पुग्न सफल भयौँ, कुरा यही हो, उक्त दस्तावेजमा हस्ताक्षर गर्ने युक्रेनी प्रतिनिधिमण्डलका प्रमुखको हस्ताक्षरले यसको प्रमाण दिन्छ, यसको अर्थ युक्रेनी पक्ष सामान्यतया सम्झौताहरूबाट सन्तुष्ट थियो”, उहाँले भन्नुभयो, “उनीहरूलाई यस्तो नगर्न आदेश दिइएकाले सम्झौता लागू भएन किनकी संयुक्त राज्य अमेरिका, युरोप, केही युरोपेली मुलुकहरू रुसको रणनीतिक हार हासिल चाहन्थे ।” रासस\एएफपी

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...