प्रधानमन्त्री नेतान्याहुले गाजा युद्धविरामलाई ‘विफल’ पार्न खोजिरहेको हमासको आरोप

Published on

काठमाडौं । हमासले बिहीबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई गाजा युद्धविराम सम्झौतालाई “विफल’’ पार्ने प्रयास गरिरहेको आरोप लगाएको छ । नेतान्याहुले प्यालेस्टिनी लडाकू समूहले वार्ताका सबै शर्त अस्वीकार गरेको बताएपछि हमासले उक्त आरोप लगाएको हो । इजरायली अधिकारीहरूले आइतबार गाजाको एक सुरुङबाट छ जनाको शव निकालेको घोषणा गरेपछि बाँकी बन्धकलाई मुक्त गर्ने सम्झौतामा पुग्न प्रधानमन्त्री नेतान्याहुले विश्वव्यापी दबाबको सामना गरिरहेका बेला दुई पक्षबीच आरोप–प्रत्यारोप चलिरहेको छ । “हामी वार्ता सुरु गर्ने प्रयास गरिरहेका छौँ”, नेतान्याहुले बुधबार भन्नुभयो, “हमासले भने वार्ता गर्न अस्वीकार गरिरहेको छ ।”

हमासलाई हतियार तस्करी रोक्न इजरायलले इजिप्ट–गाजा सीमामा रहेको फिलाडेल्फी कोरिडोरमा नियन्त्रण गर्न आवश्यक रहेको नेतान्याहुले बताउनुभएको छ । आफ्नो भूभागबाट पूर्ण इजरायली फिर्तीको माग गरिरहेको हमासले बिहीबार सीमा क्षेत्रमा नेतान्याहुको जिद्दीले ‘युद्धविराम सम्झौतामा पुग्न असफल पार्ने लक्ष्य राखेको’ आरोप लगाएको हो । केही महिनाअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले उल्लेख गरेको युद्धविराम सम्झौतामा सहमति जनाएका प्यालेस्टिनी लडाकू समूहले नयाँ सम्झौता आवश्यक नभएको बताएका छन् ।

“हामीलाई नयाँ प्रस्तावको आवश्यकता छैन”, समूहले टेलिग्राममार्फत विज्ञप्तिमा भनेको छ, “हाम्रा जनताविरुद्धको आक्रमणलाई लम्ब्याउन वार्ताको प्रयोग गर्ने प्रधानमन्त्री नेतान्याहुको चालमा नफस्न आग्रह गर्दछौँ ।” यस हप्ता इजरायलको विभिन्न सहरमा भएको विरोध प्रदर्शनमा युद्धविराम सम्झौता गर्न आवश्यक पहल नगरेको भन्दै नेतान्याहुका आलोचकहरूले उहाँलाई बन्धकहरूको मृत्युका लागि दोषी ठहराएका छन् । रासस\एएफपी

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...