कुमारी (कन्या) को सामूहिक पूजा

Published on

काठमाडौं । नेवार समुदायमा जीवित देवीका रूपमा पुजिने कुमारी (कन्या) लाई सामूहिक रूपमा पूजा गरिएको छ । वसन्तपुर दबलीमा १०८ कन्याहरूको सामूहिक पूजा गरिएको हो । श्री श्री श्री कुमारी भक्तजन सेवा समितिको आयोजनामा बिहीबार कन्या श्रीकुमारी पूजा गरेको हो । कुमारी पूजा बिहान १० बजेदेखि सुरु भएको इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष तथा कुमारी घरका मुख्य चिताइदार गौमत शाक्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नेवार समुदायको परम्परामा कुमारी पूजा गर्नाले सुख, शान्ति र समृद्धि प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।” शाक्यका अनुसार नेपालमा जीवित देवी कुमारीहरूलाई राष्ट्ररक्षकका रूपमा मान्ने परम्परा रहेको हुनाले हरेक वर्ष साना नानीलाई सम्मान तथा पुजिने गरिएको हो ।

नेवारी समाजमा वेलविवाह नगरिएका र अन्य समुदायका रजस्वला नभएका कन्यालाई शुभको प्रतीक मानी कन्या पूजा गरिँदै आएको छ । ससाना बालिकालाई कुमारीको वेशभूषामा सजाएर अभिभावक सो पूजामा सहभागी भएका थिए । कन्यालाई फलफूल, पैसा, बिस्कुट, मिठाईलगायतका सामान दानदक्षिणा र भोजन गराई पुजिएको थियो । इन्द्रजात्रा सुरु भएसँगै आठ दिनसम्म विभिन्न नाचगान, रथयात्रा गरी यो जात्रा मनाइन्छ । कुमारी, गणेश र भैरवको रथयात्रा हुन्छ । तल्लो टोल (कोहने), माथिल्लो टोल (ठहने) र बिचको टोल (नानिचा) मा रथ परिक्रमा गरिन्छ । नानिचाको दिन लिङ्गो ढालिन्छ र बागमतीमा सेलाएपछि इन्द्रजात्रा समापन हुन्छ ।

ताजा समाचार

रु दुई अर्ब बराबरको सम्पत्ति जफतको प्रक्रियामा गृह मन्त्रालय

काठमाडौं । गृह मन्त्रालयले भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ति सरकारका नाममा फिर्ता ल्याउन सक्रियता बढाएको...

जग्गाको स्वामित्व नपाएको वनकरियाको गुनासो

काठमाडौँ । मकवानपुरको मनहरी गाउँपालिका–४, मुसेधापमा बसोबास गर्दै आएका लोपोन्मुख समुदायका वनकरियाले जग्गाको स्वामित्व...

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई भ्रष्टाचार मुद्दामा १४ वर्षको जेल सजाय

काठमाडौँ । पाकिस्तानको एक अदालतले पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उहाँकी पत्नी बुशरा...

क्यालिफोर्नियामा आगलागीको जोखिम अझै उच्च

काठमाडौँ । दक्षिणी क्यालिफोर्नियामा अझै पनि डढेलोको उच्च जोखिम रहेको बताइएको छ । अग्नि...