कुमारी (कन्या) को सामूहिक पूजा

Published on

काठमाडौं । नेवार समुदायमा जीवित देवीका रूपमा पुजिने कुमारी (कन्या) लाई सामूहिक रूपमा पूजा गरिएको छ । वसन्तपुर दबलीमा १०८ कन्याहरूको सामूहिक पूजा गरिएको हो । श्री श्री श्री कुमारी भक्तजन सेवा समितिको आयोजनामा बिहीबार कन्या श्रीकुमारी पूजा गरेको हो । कुमारी पूजा बिहान १० बजेदेखि सुरु भएको इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष तथा कुमारी घरका मुख्य चिताइदार गौमत शाक्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नेवार समुदायको परम्परामा कुमारी पूजा गर्नाले सुख, शान्ति र समृद्धि प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।” शाक्यका अनुसार नेपालमा जीवित देवी कुमारीहरूलाई राष्ट्ररक्षकका रूपमा मान्ने परम्परा रहेको हुनाले हरेक वर्ष साना नानीलाई सम्मान तथा पुजिने गरिएको हो ।

नेवारी समाजमा वेलविवाह नगरिएका र अन्य समुदायका रजस्वला नभएका कन्यालाई शुभको प्रतीक मानी कन्या पूजा गरिँदै आएको छ । ससाना बालिकालाई कुमारीको वेशभूषामा सजाएर अभिभावक सो पूजामा सहभागी भएका थिए । कन्यालाई फलफूल, पैसा, बिस्कुट, मिठाईलगायतका सामान दानदक्षिणा र भोजन गराई पुजिएको थियो । इन्द्रजात्रा सुरु भएसँगै आठ दिनसम्म विभिन्न नाचगान, रथयात्रा गरी यो जात्रा मनाइन्छ । कुमारी, गणेश र भैरवको रथयात्रा हुन्छ । तल्लो टोल (कोहने), माथिल्लो टोल (ठहने) र बिचको टोल (नानिचा) मा रथ परिक्रमा गरिन्छ । नानिचाको दिन लिङ्गो ढालिन्छ र बागमतीमा सेलाएपछि इन्द्रजात्रा समापन हुन्छ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...