गैंडाको आक्रमणबाट नेचर गाइडको मृत्यु

Published on

काठमाडौं । बर्दियामा गैंडाको आक्रमणमा परी एक जना वरिष्ठ नेचर गाइडको मृत्यु भएको छ । मध्यवर्ती क्षेत्रनजिक रहेको एक सामुदायिक वनमा विदेशीलाई घुमाउन लगेको बेलामा गैंडाले आक्रमण गर्दा शुक्रबार बिहान एक जना नेचर गाइडको मृत्यु भएको हो ।

बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रको नजिकै रहेको शिव सामुदायिक वन उपभोक्ता समुहको जङ्गलक्षेत्रमा विदेशी पर्यटकलाई घुमाउन लगेको अवस्थामा शुक्रबार बिहान साढे ८ बजेको समयमा गैंडाले आक्रमण गर्दा ठाकुरबाबा नगरपालिका –९ बर्दियाका ३६ वर्षीय वरिष्ठ नेचर गाइड मनमोहन चौधरीको मृत्यु भएको बर्दिया राष्ट्रिय निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले जानकारी दिनुभयो । ५६ वर्षीय अमेरिकन नागरिक एमसी लेन्डोन सावनलाई जङ्गलवाकमा घुमाउन लगेको समयमा चौधरीलाई गैंडाले आक्रमण गरेको र घटनास्थलमै उहाँको ज्यान गएको सूचना अधिकारी वाग्लेले बताउनुभयो । उहाँका अनुसार गैंडाको आक्रमणमा परी घाइते हुनुभएका अमेरिकन नागरिक सावनको अहिले ठाकुरबाबार नगर अस्पतालमा उपचार भइरहेको र थप उपचारका लागि हेलिकप्टरमार्फत् काठमाडौं लैजाने तयारी भइरहेको छ ।

उहाँहरुका साथमा शिव सामुदायिक वन उपभोक्ता समुहका वन हेरालु थेङ्चु थारु रहेको उहाँ भने सकुशल रहनुभएको सूचना अधिकारी वाग्लेले जानकारी दिनुभयो । गोरखापत्र

ताजा समाचार

जङ्गलघाटमा पुल निर्माणको काममा ढिलाइ

काठमाडौँ । तुर्माखाँद गाउँपालिका-४ का ६८ वर्षीय प्रेमबहादुर बुढाले चिसापानी–जंगलघाट–मंगलसेन सडकको चर्चा सुनेको करिब...

संविधान विरोधी गतिविधि स्वीकार्य नहुने: गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधान विरोधी गतिविधि स्वीकार्य नभएको बताउनुभएको छ । गण्डकी...

चलचित्रसम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक संसदमा पेस हुने

काठमाडौँ । यही वैशाख २ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चलचित्रसम्बन्धी कानुनलाई संशोधन र...

शिक्षक आन्दोनल : दराजमा थन्कियो सात हजार उत्तर पुस्तिका

काठमाडौँ । संस्थागत विद्यालयमा विद्यार्थी भर्ना गर्नका लागि विद्यार्थी र अभिभावकको चहल पहल बढिरहेका...