नेपाल–भारत चिकित्सक कार्यशाला : उपचारमा सहकार्य गर्ने सहमति

Published on

काठमाडौं । नेपाल र भारतका वरिष्ठ विशेषज्ञ चिकित्सकबिच नेपाली बिरामीको उपचारमा सहयोग, सहकार्य र समन्वय गर्ने सहमति भएको छ । भारतको प्रसिद्ध म्याक्स अस्पताल र बाँकेका वरिष्ठ चिकित्सकको सहभागितामा नेपालगन्जमा आयोजना गरिएको कार्यशालामा दुवै देशका चिकित्सकबिच सो सहमति बनेको हो । भारतको लखनउमा रहेको म्याक्स सुपर विशेषज्ञ अस्पतालमा नेपाली बिरामीको सहुलियतमा प्राथमिकता दिएर उपचार गर्ने सहमति दुवै देशका चिकित्सकबिच बनेको नेपाल मेडिकल एसोसिएसन नेपालगन्ज च्याप्टरका अध्यक्ष डा। विनोदकुमार थापाले बताउनुभयो । उहाँले भारतबाट आउनुभएका सुपर स्पेसियालिस्ट चिकित्सकले बाँकेलगायत पश्चिम नेपालका बिरामीको उपचारमा सहकार्य, सहयोग र समन्वय गर्ने प्रतिबद्धता जनाएको बताउनुभयो ।

सो अवसरमा दुवै देशका चिकित्सकले उपचार पद्धतिमा हाल आएका आधुनिक प्रविधि र पद्धतिका बारेमा विस्तृत रूपमा चर्चा गर्नुभएको थियो । कार्यशालामा भारतको लखनउस्थित म्याक्स सुपर विशेषज्ञ अस्पतालका एभिपी तथा युनिट हेड प्रमित मिश्राले विश्वस्तरमा भइरहेको चिकित्सा क्षेत्रका ज्ञान, नवप्रवर्तन र सहकार्यको मह“वका बारेमा जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, “हामीले नेपालको छिमेकमै ठुलो लगानीमा विश्वस्तरीय अस्पताल सञ्चालनमा ल्याएका छौँ, जहाँ सहुलियतमा सुपर स्पेसियालिस्ट सर्भिस उपलब्ध हुने छ । त्यसका लागि छ्ट्टै नेपाल हेर्ने डेस्कको व्यवस्था पनि गरेका छौँ, जहाँ नेपाली भाषा मात्रै होइन, रुपियाँ र भावना पनि चल्ने छ ।”

कार्यक्रममा नेपाल मेडिकल एसोसिएसनका महासचिव डा। दिनेशकुमार चौधरीले नेपालको स्वास्थ्य सेवा क्षेत्रमा भइरहेको परिवर्तनबारे जानकारी गराउँदै यस्तो सहकार्यपूर्ण कार्यक्रमले ज्ञानको खाडललाई कम गर्न र सेवाको गुणस्तरलाई सुधार गर्न ठुलो मद्दत पु¥याउने बताउनुभयो । कार्यशालामा म्याक्स सुपर स्पेसियालिटी अस्पताल लखनउका बहुविशेषज्ञताका वरिष्ठ चिकित्सकले आफ्ना विभिन्न अनुभव, ज्ञान र अभ्यासबारे आफ्ना प्रस्तुति दिनुभयो । म्याक्सका वरिष्ठ निर्देशक तथा प्रमुख मेडिकल अन्कोलोजिस्ट डा। आलोक गुप्ता, युरोलोजी, एन्ड्रोलोजी, मृगौला प्रत्यारोपण तथा रोबोटिक युरो अन्कोलोजीका निर्देशक डा। आदित्य के। शर्मा, न्युरो सर्जरीका निर्देशक डा। मनु रस्तोगी र डा। सम्सेरीले आफ्ना अनुभव र अभ्यास सुनाउनुभयो ।

त्यस्तै म्याक्सका युरोलोजी, एन्ड्रोलोजी, मिर्गौला प्रत्यारोपण तथा रोबोटिक युरो अनकोलोजीका निर्देशक डा। आदित्य के। शर्माले रोबोटिक सर्जरीले बिरामीको हेरचाहमा कसरी रूपान्तरणकारी प्रभाव पारिरहेको छ भन्ने कुरा प्रस्तुत गर्नुभएको थियो । सो कार्यशालामा नेपालगन्ज उपमहानगरका प्रमुख प्रशान्त विष्ट, बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालसहित बाँकेका विभिन्न अस्पतालमा कार्यरत वरिष्ठ चिकित्सकको सहभागिता थियो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...