बालबालिकामा डेंगु र स्क्रवटाइफसको सङ्क्रमण बढ्दै

Published on

काठमाडौं । बाँकेका विभिन्न अस्पतालमा उपचारका लागि आएका बालबालिकाहरूमा डेंगु र स्क्रवटाइफस देखिने क्रम बढ्न थालेको छ । पश्चिम नेपालको रेफरल अस्पतालका रूपमा रहेको भेरी अस्पताल नेपालगन्ज, नेपालगन्ज मेडिकल कलेजको नेपालगन्ज र कोहलपुर शिक्षण अस्पताल, केयर सिटी अस्पताल तथा निजी क्लिनिकहरूमा उपचारका लागि आउने बालबालिकामा डेंगु र स्क्रवटाइफ देखिने क्रम बढेको चिकित्सकहरूले बताएका छन् । नेपालगन्ज मेडिकल कलेज कोहलपुरका बालरोग विशेषज्ञ डा.नीरज आचार्यले अस्पतालमा बिरामी बालबालिकाहरू आउने क्रम बढेको जनाउँदै ३० बेड क्षमताको पेड्राइटिक वार्ड अहिले भरिएको बताउनुभयो ।

पेड्राइटिक वार्ड भरिएपछि इएन्टी र सर्जरी वार्डमा समेत राखेर उपचार गर्नु परिरहेको जनाउँदै उहाँले उपचारका लागि आउने बालबालिकाहरूमा डेंगु र स्क्रवटाइफस पनि देखिएको बताउनुभयो । उहाँले अझै पनि चार–पाँच जना डेंगु र स्क्रवटाइफसका बिरामीहरू उपचारार्थ रहेको जनाउनुभयो । यसैगरी, केयर सिटी अस्पतालका बालरोग विशेषज्ञ डा।विष्णु थापाले दुई तीन महिनाका शिशुहरूमा पनि डेंगु र स्क्रवटाइफस देखिएको जनाउँदै अघिल्लो महिनादेखि अहिलेसम्म १५–१६ जना डेंगुका र ८–१० जना स्क्रपटाइफस भएका बालबालिकाहरू उपचारका लागि आइसकेको बताउनुभयो । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जका वरिष्ठ बालरोग विशेषज्ञ डा।पीयूष कनोडियाले पनि डेंगु र स्क्रवटाइफसका बालबालिकाहरू बढेको बताउनुभयो । उहाँले पछिल्लो एक महिनामा अस्पतालमा आफूले १५–२० जना डेंगु र स्क्रपटाइफसका बिरामी बालबालिकाको उपचार गरेको जनाउनुभयो ।

असहाय हुनेगरी टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, शरीरमा बिमिरा आउने, ढाड, जोर्नी तथा मांसपेशीहरू दुख्ने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने, बेहोस हुने जस्ता लक्षण देखिएपछि डेंगु भएको हुन सक्ने डा।कनोडियाले बताउनुभयो । डेंगु लामखुट्टेको टोकाइबाट सर्ने रोग हो भने स्क्रबटाइफस भने मुसामा लाग्ने किर्ना जस्तो देखिने किरा (माइट)को टोकाइबाट मानिसमा सर्ने रोग हो । यो रोग मानिसबाट मानिसमा सर्दैन । धेरै ज्वरो आउनु, धेरै टाउको दुख्नु, पसिना धेरै आउनु, आँखा रातो हुनु, झाडापखाला लाग्नु, किराले (माईट) टोकेको ठाउँमा रातो डाबर जस्तो दाग देखिनु र पछि गएर कालो दाग बस्नु स्क्रबटाइफसका लक्षणहरू रहेको नेपालगन्जका वरिष्ठ बालरोग विशेषज्ञ डा। सकिल अहमदले बताउनुभयो । उहाँले स्क्रबटाइफस लागेको शङ्का लागेमा उपचारको लागि तुरुन्त नजिकको स्वास्थ्य संस्थामा लैजानु पर्ने पनि बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

पृथ्वीराजमार्ग विस्तार : मौरीबासमा कालोपत्र भएसँगै यात्रा सहज

काठमाडौं । पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक स्तरोन्नतिअन्तर्गत पश्चिम खण्डमा भौतिक प्रगतिले उल्लेख्य फड्को मारेको छ...

पुस्तौदेखि सडक सञ्जालबाट वञ्चित हुँदै गुम्बाबासी

काठमाडौं । जिल्लाको पूर्वीउत्तर क्षेत्रमा पर्ने गुम्बाबासी लामो समयदेखि सडक सञ्जालको पहुँचबाट बञ्चित हुँदैआएका...

अवैध रूपमा सामुदायिक वनको माटो बिक्री

काठमाडौं । कैलालीको गोदावरी नगरपालिका २ मा रहेको दुर्गालक्ष्मी महिला सामुदायिक वन उपभोक्ता समितिले...

मुस्ताङमा स्याउ बगैँचा व्यवस्थापन गर्न सुरु

काठमाडौं । यहाँका घरपझोङ, थासाङ र बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका किसान यतिबेला स्याउ बगैँचा व्यवस्थापनमा...