अमेरिकामा जनावरको सम्पर्क विना नै बर्डफ्लुबाट सङ्क्रमितको पहिलो घटना पुष्टि

Published on

काठमाडौं । अमेरिकाको मिसौरी राज्यका बर्डफ्लुबाट सङ्क्रमित जनावरको सम्पर्कमा नआईकन एक व्यक्तिमा वर्ड फ्लु सङ्क्रमण देखिएको छ ।

रोग नियन्त्रण तथा रोकथाम केन्द्रअन्तर्गतको मिसौरी ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सिनियर सर्भिसेज’का अनुसार ती वयस्क बिरामीलाई अगस्ट २२ मा अस्पताल भर्ना गरिएको थियो । बिरामीलाई इन्फ्लुएन्जाविरुद्ध एन्टिभाइरल औषधी दिएपछि निको भएको र अस्पतालबाट डिस्चार्ज गरी सकिएको जनाइएको छ । प्रारम्भिक परीक्षणमा बिरामीको फ्लुको प्रकार शङ्कास्पद देखिएकाले यसलाई राज्य र सङ्घीय प्रयोगशालामा थप परीक्षणका लागि पठाइएको थियो । परीक्षणबाट ती बिरामीलाई यो एच–५ ण्बर्ड फ्लु० भएको पुष्टि भएको छ । यो वर्ष अमेरिकामा वर्ड फ्लुको सङ्क्रमण पुष्टि हुने उनी १४ औँ व्यक्ति थिए भने जनावरहरूसँगको सम्पर्क बिना वर्ड फ्लु पुष्टि हुने उनी पहिलो व्यक्ति थिए ।

“मिसौरीमा दुधका लागि पालिएका गाईहरूमा एच ५ सङ्क्रमण रिपोर्ट गरिएको छैन”, मिसौरी स्वास्थ्य विभागले भनेको छ, “यद्यपि ‘व्यावसायिक वा घरको आँगनमा पालिने केही पङ्क्षीहरूको समूह वा जङ्गली चरा’हरूमा वर्ड फ्लु सङ्क्रमण भएको भने पुष्टि भएको छ । सन् २०२२ मा वर्ड फ्लुका सबै घटना हरू फार्मवर्कर्समा थिए, जसमा पहिलो पटक पनि समावेश थियो । बर्डफ्लु सबैभन्दा बढी जङ्गली चराचुरुङ्गी र कुखुरामा पाइन्छ, तर पछिल्लो समय स्तनधारी जनावरमा पनि देखिएको छ । यस वर्ष देशभर बर्डफ्लुको प्रकोप गाईबस्तुमा पनि देखिएको छ । रासस\एएफपी

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...