आर्मीमाथि एपिएफको रोमाञ्चक जित

Published on

काठमाडौं । एपिएफ क्लबले एन्फा महिला लिगमा विभागीय प्रतिस्पर्धी त्रिभुवन आर्मी क्लबमाथि रोमाञ्चक जित निकालेको छ । सातदोबाटोस्थित एन्फा मैदानमा शनिबार भएको खेलमा एपिएफले आर्मीलाई २–१ गोलले हरायो । एपिएफको जितमा सविता रानामगरले पहिलो हाफको इन्जुरी समय र गीता रानामगरले ६७औँ मिनेटमा गोल गर्नुभयो ।

आर्मीका लागि विमला चौधरीले ५६औँ मिनेटमा सान्त्वना गोल गर्नुभयो । जितसँगै एपिएफले दुई खेलबाट चार अङ्क बनाएको छ । आर्मीको समान खेलबाट तीन अङ्क छ । लिगमा विभागीय तीनसहित १० टोलीको सहभागिता रहेको छ । दुई करोड २४ लाख ६८ हजार रुपियाँ लगानी रहेको लिगको विजेताले १० लाख र उपविजेताले पाँच लाख रुपियाँ पुरस्कार पाउने अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० ले जनाएको छ । यस्तै लिगको उत्कृष्ट खेलाडीलाई एक लाख, फेयर प्ले टोलीलाई एक लाख ५० हजार, विधागत उत्कृष्ट खेलाडीलाई जनही ५० हजार रुपियाँ प्रदान गरिनेछ ।

ताजा समाचार

ट्रम्पको रिस टार्न खोज्दै मोदी

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार ह्वाइट हाउसमा भेट हुँदा डोनाल्ड ट्रम्पसँगको मित्रता...

नसर्ने रोगविरुद्धको स्क्रिनिङ अभियान सफल पार्न आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नसर्ने रोगहरुविरुद्ध निरोधात्मक विधि प्रवर्धन गर्ने उद्देश्यले...

सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा २१ देशका खेलाडी सहभागी हुने

काठमाडौँ । सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा २१ देशका १ सय ५० खेलाडी सहभागी हुने...

बेवारिसे शव फेला

काठमाडौँ । बैतडीको खोड्पे बजारनजिक बेवारिसे अवस्थामा शव फेला परेको छ । बिहीबार बिहान...