आर्मीमाथि एपिएफको रोमाञ्चक जित

Published on

काठमाडौं । एपिएफ क्लबले एन्फा महिला लिगमा विभागीय प्रतिस्पर्धी त्रिभुवन आर्मी क्लबमाथि रोमाञ्चक जित निकालेको छ । सातदोबाटोस्थित एन्फा मैदानमा शनिबार भएको खेलमा एपिएफले आर्मीलाई २–१ गोलले हरायो । एपिएफको जितमा सविता रानामगरले पहिलो हाफको इन्जुरी समय र गीता रानामगरले ६७औँ मिनेटमा गोल गर्नुभयो ।

आर्मीका लागि विमला चौधरीले ५६औँ मिनेटमा सान्त्वना गोल गर्नुभयो । जितसँगै एपिएफले दुई खेलबाट चार अङ्क बनाएको छ । आर्मीको समान खेलबाट तीन अङ्क छ । लिगमा विभागीय तीनसहित १० टोलीको सहभागिता रहेको छ । दुई करोड २४ लाख ६८ हजार रुपियाँ लगानी रहेको लिगको विजेताले १० लाख र उपविजेताले पाँच लाख रुपियाँ पुरस्कार पाउने अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० ले जनाएको छ । यस्तै लिगको उत्कृष्ट खेलाडीलाई एक लाख, फेयर प्ले टोलीलाई एक लाख ५० हजार, विधागत उत्कृष्ट खेलाडीलाई जनही ५० हजार रुपियाँ प्रदान गरिनेछ ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...