काठमाडौं । जुम्लामा पहिलो पटक आयोजना गरिएको अन्तर मेडिकल खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको आयोजनामा सम्पन्न प्रतियोगितामा आयोजक कर्णाली प्रतिष्ठान एक लाख रुपियाँ राशीसहितको प्रथम बनेको छ । प्रतियोगितामा मदन भण्डारी मेडिकल कलेज द्वितीय भएको छ । मदन भण्डारी प्रतिष्ठानले ७५ हजार प्राप्त गरेको छ । यसैगरी, ५० हजार राशीसहित तेस्रो स्थान किष्ट मेडिकल कलेज रहेको छ । भदौ १६ देखि २२ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा कर्णाली प्रतिष्ठानसहित ६ वटा प्रतिष्ठान तथा मेडिकल कलेज सहभागी भएको थियो । प्रतियोगितामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले सर्वाधिक २१ पदक जितेको आयोजकले जनाएको छ ।
जसमा ११ विधामा स्वर्ण पदक, ७ विधामा कास्य पदक, ३ विधामा रजत पदक जित्न सफल भएको छ । खेल संयोजक विवेक पुन मगरका अनुसार मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडाले मकवानपुरले दुईवटा स्वर्ण, एक कास्य र दुई रजतमै जित्न सफल गरेको छ । कुल ६ पदक जितेको किस्ट मेडिकल कलेज ललितपुरले एक स्वर्ण, दुई काँस्य र तीन रजत पदक जित्न सफल भएको हो । खेल प्रतियोगितामा महाराजगञ्ज मेडिकल कलेजले एक स्वर्ण, दुई रजत र एक काँस्य पदक पाएको छ । यसैगरी, राजर्षिजनक विश्वविद्यालय, जनकपुरधामले तीन रजत र तीन काँस्य पदक जित्दै चौथो स्थान हासिल गर्न सफल भएको छ । विजेता टिम र खेलाडिलाई प्रतिनिधिसभा सांसद कान्तिका सेजुवाल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका उपकुलपति डा। मंगल रावलसहितका अतिथिहरुले चेक, मेडल र प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
कसले कुन खेल जित्यो
खेल प्रतियोगिता विभिन्न विद्यामा प्रतिस्पर्धा गराईएको थियो । आयोजक कर्णाली प्रतिष्ठानका अनुसार पुरुष भलिवलमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला बिजयी भएको छ भने द्वितीय मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान भएको छ । यसैगरी, महिला भलिवल प्रतियोगितामा पनि कर्णाली प्रतिष्ठान प्रथम भएको छ ।
क्रिकेटमा कर्णाली प्रतिष्ठानलाई हराउँदै किष्ट मेडिकल प्रथम भएको छ । टेवुल टेनिसमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रथम, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान द्वितीय भएको छ । हाजिरी जवाफ प्रतियोगिता
हाजिरीजवाफ प्रतियागितामा १४ नम्बर ल्याएर प्रथम, महाराजगञ्ज मेडिकल कलेज ८ नम्बर ल्याएर द्वितीय र किष्ट मेडिकल ७ नम्बर ल्याएर तेस्रो स्थान ल्याउन सफल भएको छ । कविता प्रतियोगिता
कविता प्रतियोगितामा महाराजगञ्ज मेडिकल कलेजका प्रयास पौडेले प्रथम हुनुभएको छ । कर्णाली प्रतिष्ठानका विवेककुमार यादव द्वितीय र प्रतिष्ठानकै निराजन चापाई तेस्रो हुनुभएको छ ।
दौड प्रतियोगिता
एक सय मिटर टर केटाको दौडमा कर्णाली प्रतिष्ठानका भैरव महत प्रथम, दोस्रो विशेष विष्ट र तेस्रो मदनभणडारीका अमरनाथ शाह हुनुभएको छ । रेनु बस्नेत कर्णाली प्रतिष्ठान प्रथम, रञ्जना कुमारी शाह राजर्सी जनक विश्वविद्यालय दृतीय र सुमित्रा रावत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान तेस्रो भएका छन् । यसैगरी केटी १५०० मा ऐश्वर्य थापा कर्णाली प्रतिष्ठान, तृतीय ज्योति चौधरी राजर्सीजनक विश्व विद्यालय रहेका छन् ।
यसैगरी, पुरुष पाँच हजार मिटर दौड प्रतियोगितामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका लोकमणि बोहरा प्रथम हुनुभएको छ । द्वितीय महाराजगञ्ज मेडिकल कलेजका राजन सार्की र तेस्रो राजर्शी विश्व सवद्यालयका कमल शाही हुनुभएको छ । फुटवल प्रतियोगितामा किष्टलाई हराउँदै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले जित हाशिल गरेको छ । किष्ट मेडिकल कलेज ललितपुरसँगको फाइनल खेलमा पेनाल्टी सुट आउटमा खेल जितेको आयोजकले जनाएको छ । गोरखापत्र