‘जनताका अधिकार रक्षा गर्नेतर्फ लागौँ’

Published on

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका नेता तथा कार्यकर्ता जनताका अधिकार रक्षा गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिनुभएको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा आयोजित सहिदद्वय सुरेश वाग्ले ‘वासु’ र भीमसेन पोख्रेल ‘वैरागी’को २५औँ स्मृति दिवसलाई सम्बोधन गर्दै उहाँले जनताको बलिदान र अधिकारको रक्षा गर्नुपर्नेमा जोड दिनुभएको हो । “हामीले गरेको परिवर्तनकारी जनयुद्धलाई संविधानमा जनताको सशस्त्र सङ्घर्ष र त्यसको व्याख्यात्मक टिप्पणीमा माओवादी जनयुद्ध भनेर लेखेका छाँै”, अध्यक्ष दाहालले भन्नुभयो, “तर देशमा सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था स्थापना भए पनि जनताले गरेको त्यागको समुचित मूल्याङ्कन भएन । देश र जनता हितका खातिर सङ्कल्प गर्नुको नै सहिदहरूप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ ।”

सहिद रामवृक्ष यादवको बलिदानले देशभरिका युवालाई क्रान्तिमा लाग्न उत्प्रेरित गरेको र त्यसपछिका सबै सहादतहरूले क्रान्तिकारीहरूलाई प्रतिशोधको भावनासहित अघि बढाउन सहयोग गरेको पनि उहाँले बताउनुभयो । सुरेश वाग्ले पार्टी जिम्मेवारीको हिसाबले सबैभन्दा माथिल्लो तहमा भएको अत्यन्त सचेत, योग्य र लोकप्रिय शिक्षकको रुपमा पनि स्थापित व्यक्तित्व भएको उल्लेख गर्दै अध्यक्ष दाहालले वाग्लेको सहादतपछि पार्टीलाई ठूलो क्षति भए पनि सिङ्गो पार्टीपङ्क्तिमा बलिदानीभाव पनि त्यहीअनुसार उच्चस्तरबाट वृद्धि भएको बताउनुभयो । रासस

spot_img

ताजा समाचार

प्रधानमन्त्री कार्कीसँग प्रहरी महानिरीक्षक खापुङको बिदाइ भेट

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङले आज बिदाइ भेट...

फिलिपिन्समा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९ पुग्योे

काठमाडौं । फिलिपिन्समा हालै आएको दुई वटा शक्तिशाली चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९...

भ्रष्टाचारको आरोपमा श्रीलङ्काका पूर्व मन्त्री पक्राउ

काठमाडौं । श्रीलङ्काका पुर्व पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रसन्ना रणतुङ्गालाई घूसखोरी तथा भ्रष्टाचारको...

दोश्रो फङ्फङ्देन झरना सांस्कृतिक तथा पर्यटन मेला हुने

काठमाडौं । दोश्रो फङ्फङ्देन झरना सांस्कृतिक तथा पर्यटन मेला आगामी मङ्सिर ७ गतेबाट हुने...