खोलाले बगाउँदा दुईको मृत्यु

Published on

काठमाडौं । रुकुमपश्चिममा खोलाले बगाउँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका ६ र ७ को सिमानामा रहेको रम्माखोलाले बगाउँदा मोटरसाइकलमा सवार एक पुरुष र एक महिलाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक बखत बहादुर शाहीका अनुसार मुसीकोट नगरपालिका ४ निवासी ५० वर्षीया सर्जन पुन र वडा नम्वर ६ निवासी अन्दाजी ३२ वर्षीया निर्मला केसी थापाको मृत्यु भएको हो । रा ६ प २९६१ नम्बरको मोटरसाइकलमा साँखबाट कानेबाङतर्फ जाँदै गर्दा आइतबार बेलुका करिब साढे आठ बजे खोलाले बगाएको र सोमबार बिहान मात्र थाहा भएको प्रहरीले जनाएको छ ।

घटनास्थलमै रहनुभएका प्रहरी निरीक्षक शाहीले खोलाले मोटरसाइकलसहित बगाउँदा दुवै जनाको मृत्यु भएको बताउनुभयो । खोलाभन्दा करिब तीन सय मिटर तल महिला र करिब २० मिटर तल पुरुषको शव फेला परेको प्रहरी निरीक्षक शाहीले जानकारी दिनुभयो । पुरुषको शव मोटरसाइकलले च्यापिएको महिलाको शवको केही भाग पुरिएको अवस्थामा फेला परेको थियो । अहिले प्रहरीले शव निकालेर घटनास्थल प्रकृति मुचुल्का तयार गरिरहेको छ । आवश्यक कागजी प्रक्रियापश्चात् पोष्टमार्टमका लागि दुवै शव जिल्ला अस्पताल सल्ले ल्याउने बताइएको छ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...