दिगो पर्यटन प्रवर्द्धन गर्न फुटबल

Published on

काठमाडौं । मनाङमा असोज ३ देखि ७ गतेसम्म हिउँ चितुवा र याकको संरक्षण तथा दिगो पर्यटन प्रवर्द्धन गर्न दोस्रो मैत्रीपूर्ण फुटबल आयोजना हुने भएको छ ।

जैविक विविधता संरक्षण समाज नेपाल (बायोकोस) नेपाल र आन्ट फाउन्डेसनको संयुक्त आयोजना तथा चामे गाउँपालिका र मनाङ ङिस्याङ गाउँपालिको सहकार्यमा विभिन्न सङ्घसंस्थाहरू राष्ट्रिय प्रकृति संरक्षण कोष–अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, संरक्षण क्षेत्र व्यवस्थापन समिति, खेलकुद विकास समिति, जिल्ला फुटबल सङ्घ मनाङको सहभागिता तथा नमस्ते मनाङको संयोजनमा मैत्रीपूर्ण फुटबल आयोजना गर्न लागिएको पर्यटन व्यवसायी सङ्घ मनाङका अध्यक्ष विनोद गुरुङले जानकारी दिनुभयो । उहाँले मैत्रीपूर्ण फुटबल खेलमार्फत दिगो पर्यटन, खेल पर्यटन तथा चलचित्र पर्यटन प्रवर्द्धनको अपेक्षा गरिएको बताउनुभयो ।

हिउँ चितुवाले हिमालको पारिस्थितिक प्रणालीलाई सन्तुलन राख्न महत्त्वपूर्ण भूमिका खेल्ने मात्र नभई हिउँ चितुवा र यसको वासस्थान जलवायु परिवर्तनको असर मापन गर्ने सूचक पनि भएकाले यसको संरक्षणका लागि जनचेतना अभिवृद्धि गर्न कार्यक्रम आयोजना गर्न लागिएको उहाँले बताउनुभयो । त्यस्तै बायोकोस नेपालका संस्थापक तथा संरक्षणविद् डा। पारसविक्रम सिंहले संस्थाले गत वर्ष भदौ २५ देखि २७ गतेसम्म मनाङका विभिन्न ३ स्थानमा मैत्रीपूर्ण फुटबल आयोजना गरेको स्मरण गर्दै यस वर्ष पनि मैत्रीपूर्ण फुटबल आयोजना गर्न लागिएको बताउनुभयो ।

समुद्री सतहबाट २६०० मिटर उचाइमा रहेको तिमाङ र ३२०० मिटर उचाइमा रहेको मुङ्जी फुटबल मैदानमा सेलिब्रेटी टिम हिमालयन स्नो लिवपर्ड र स्थानीय खेलाडी टिम कान्जिसरा याक र मनाङ ङिस्याङ याकबिच मैत्रीपूर्ण फुटबल खेल आयोजना गर्न लागिएको आयोजक आन्ट फाउन्डेसनका संस्थापक प्रशान्त ताम्राकारले जानकारी दिनुभयो । नेपाली राष्ट्रिय टोलीका पूर्वस्ट्राइकर अनिल गुरुङले मनाङलाई हाइ अल्टिच्युट टेनिङ सेन्टरको हबका रूपमा विकास गर्न सकिने सम्भावना रहेको बताउनुभयो । पत्रकार सम्मेलनमा फुटबल टिमका टोलीको जर्सी पनि सार्वजनिक गरिएको थियो । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...