मर्मत र रङ्ग रोगन हुँदै गणेश, भैरव र कुमारीको रथ

Published on

काठमाडौं । वसन्तपुरस्थित कुमारी घर अगाडि श्री गणेश, श्री भैरव र श्री कुमारीको रथ मर्मत तथा रङ्ग रोगनका लागि बाहिर निकालिएको छ भने यसले काठमाडौँमा इन्द्रजात्रा आगमनको सङ्केत गर्दछ ।

भाद्र शुक्ल द्वादशीका दिन हनुमान ढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाइन्छ । इन्द्रजात्रा काठमाडौँमा मनाइने विविध जात्रामध्येको एउटा रमाइलो र महत्त्वपूर्ण जात्रा हो । लिङ्गो ठड्याएर अर्थात् ‘इन्द्रध्वजोत्थान’ गरेर सुरुवात गरिने इन्द्रजात्रा लिङ्गो ढालेपछि सकिन्छ । लिङ्गोमा ध्वजापताका रहने भएकाले लिङ्गो ठड्याउनुलाई ‘इन्द्रध्वजोत्थान’ भनिएको हो । इन्द्रजात्रा विशेषतः देवराज अर्थात् देवताका पनि राजा इन्द्रसँग सम्बन्धित छ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...