मर्मत र रङ्ग रोगन हुँदै गणेश, भैरव र कुमारीको रथ

Published on

काठमाडौं । वसन्तपुरस्थित कुमारी घर अगाडि श्री गणेश, श्री भैरव र श्री कुमारीको रथ मर्मत तथा रङ्ग रोगनका लागि बाहिर निकालिएको छ भने यसले काठमाडौँमा इन्द्रजात्रा आगमनको सङ्केत गर्दछ ।

भाद्र शुक्ल द्वादशीका दिन हनुमान ढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाइन्छ । इन्द्रजात्रा काठमाडौँमा मनाइने विविध जात्रामध्येको एउटा रमाइलो र महत्त्वपूर्ण जात्रा हो । लिङ्गो ठड्याएर अर्थात् ‘इन्द्रध्वजोत्थान’ गरेर सुरुवात गरिने इन्द्रजात्रा लिङ्गो ढालेपछि सकिन्छ । लिङ्गोमा ध्वजापताका रहने भएकाले लिङ्गो ठड्याउनुलाई ‘इन्द्रध्वजोत्थान’ भनिएको हो । इन्द्रजात्रा विशेषतः देवराज अर्थात् देवताका पनि राजा इन्द्रसँग सम्बन्धित छ ।

ताजा समाचार

सुस्माको ह्याट्रिकमा वालिङको पहिलो जित

काठमाडौँ । बागमती प्रदेशले वालिङ नगरपालिकाले राष्ट्रिय महिला लिगको सुपर चरणमा पहिलो जित हात...

घरमै बसेर एकैदिनमा कम्पनी र भ्याट दर्ता गराउने तयारी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना र प्रविधिको सहायतामा घरमै बसीबसी एकै दिनमा...

प्रधानमन्त्री कप : मधेशलाई हराउँदै बागमती सुपर फोरमा

काठमाडौँ । बागमती प्रदेश प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० काठमाडौँ । क्रिकेट प्रतियोगिताको सुपर...

नदीजन्य पदार्थको उत्खनन भइरहेको क्षेत्रमा छड्के अनुगमन

काठमाडौँ । जिल्लामा नदीजन्य पदार्थको उत्खनन् भइरहेको क्षेत्रमा जिल्ला समन्वय समितिको टोलीले छड्के अनुगमन...