इजरायलले सिरियामा गरेको आक्रमणमा १४ जनाको मृत्यु

Published on

काठमाडौं । सिरियाली सरकारी सञ्चारमाध्यमले सोमबार राती मध्य हामा प्रान्तमा इजरायली आक्रमण भएको र उक्त घटनामा परी कम्तीमा १४ जनाको मृत्यु भएको जनाएका छन् । सरकारी समाचार संस्था सानाले एक चिकित्सकीय स्रोतलाई उद्धृत गर्दै भनेको छ, मस्याफ आसपासका विभिन्न स्थानमा इजरायली आक्रमणका कारण १४ जनाको मृत्यु भएको छ भने ४३ जना घाइते भएका छन् । यसअघि सिरियाली युद्ध अनुगमनकारी संस्था (सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स)ले इजरायली आक्रमणमा कम्तीमा सात जनाको मृत्यु भएको जानकारी दिएको थियो । इजरायलले पछिल्लो समय आफ्ना छिमेकी मुलुकमा बसेर इजरायलमाथि आक्रमण गर्ने विभिन्न समूहमाथिको कारबाहीलाई बढाएको छ ।

अक्टोबरमा प्यालेष्टिनी इस्लामिक समूह हमासले दक्षिणी सिरियामा गरेको आक्रमणपछि गाजामा सक्रिय सैन्य कारबाही सुरू गरेको इजरायलले गाजामा गरेको कारबाहीमा करिब ४१ हजार प्यालेष्टिनीको मृत्यु भएको छ । मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका रहेको गाजास्थित हमास नियन्त्रित प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । इजरायलले लेबनान र यमनमा पनि आफ्नो हवाई आक्रमणलाई केन्द्रित गरेको छ । केही समय पहिले लेबनानमा गरेको हवाई आक्रमणमा हमाससँग निकट लेवनानी हेजबुल्लाह समूहका सैन्य शाखा हेर्ने एक कमाण्डरको मृत्यु भएको थियो । त्यस्तै इरानमा हमास नेता इस्माइल हानियाको मृत्यु पनि इजरायलको आक्रमणबाट भएको इरान र हमास निकट अधिकारीले दाबी गर्दै आएका छन् । हानियाको मृत्युमा इजरायली संलग्नताबारे इजरायलले कुनै प्रतिक्रिया दिएको छैन । रासस\एएफपी

ताजा समाचार

पालिका भित्रका वडाहरु मध्ये हाम्रो वडा फरक छ

स्थानीय सरकारले जनताको अपेक्षाहरु पुरा गरेको हुन्छ । सबै जनताहरु स्थानीय सरकारकै मुख ताकेर...

जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सगरमाथा संवाद महत्त्वपूर्ण

काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले सगरमाथा संवादलाई सफल बनाउने...

भारत र पाकिस्तानले एक अर्काका कुटनीतिज्ञलाई २४ घण्टाभित्र देश छोड्न आदेश

काठमाडौँ । पाकिस्तान र भारतले मङ्गलबार एक–एक जना कूटनीतिज्ञलाई आफ्नो देशबाट निष्काशन गर्ने घोषणा...

आइसिसी विश्वकप लिग–२ : नेपाली टोलीको बिदाइ

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खला खेल्न...