१५ वर्षमा पहिलोपटक ट्रेड युनियनलाई सम्बोधन गर्ने बेलायती प्रधानमन्त्री स्टारमरको घोषणा

Published on

काठमाडौं । बेलायतका प्रधानमन्त्री कीर स्टारमर विगत १५ वर्षमा बेलायतको ट्रेड युनियनको वार्षिक बैठकलाई सम्बोधन गर्ने पहिलो बेलायती प्रधानमन्त्री बन्ने हुनुभएको छ ।

स्टारमरको लेबर पार्टी ऐतिहासिक रूपमा ट्रेड युनियन सङ्गठनहरूसँग सम्बद्ध रहेको छ । ट्रेड युनियन कङ्ग्रेस ९टियुसी० ४८ सदस्य युनियनहरूको साझा निकाय हो । यसले २०औँ शताब्दीको सुरुमा लेबर पार्टीको स्थापना गर्न मद्दत गरेको थियो । प्रधानमन्त्री गोर्डन ब्राउनले सन् २००९ मा पछिल्लोपटक यसको सम्मेलनलाई सम्बोधन गर्नुभएको थियो । लेबर पार्टीले जारी गरेको विज्ञप्तीका अनुसार ६२ वर्षीया स्टारमरले ब्राइटनको समुद्री रिसोर्टमा टियुसीका प्रतिनिधिहरूलाई बेलायतको अर्थतन्त्र सुधारका लागि युनियन र व्यवसायीलाई एकसाथ ल्याउने पहल गर्न तयार रहनुभएको बताइएको छ ।

वर्षौंदेखि चलिरहेको औद्योगिक अशान्ति र युनियन र सरकारबिचको तनावलाई अन्त्य गर्न पहल गरिरहनुभएका प्रधानमन्त्री स्टारमरले भन्नुभएको थियो “ राजनीतिको सबैभन्दा कठिन शुत्र साझेदारी हो”, “मलाई थाहा छ कि पुराना तरिकामा स्पष्टता छ जस्तै व्यापारीविरुद्ध कामदार, व्यवस्थापनविरुद्ध सङ्घ, सार्वजनिकविरुद्ध निजी । तर यस्तो प्रकारको राजनीति बेलायती जनताले चाहँदैनन् ।” टोरी शासनको समयमा बिग्रिएका देशको पूर्वाधार क्षेत्रलाई सुधार्ने वाचासहित लेबर पार्टी सत्तामा आएको थियो । यसले शिक्षक र डाक्टर जस्ता सार्वजनिक क्षेत्रका कामदारहरूका लागि तलब वृद्धि गर्ने घोषणा गरेको छ र रेललाई पुनः राष्ट्रियकरण गर्ने मार्ग प्रशस्त गर्न रेल चालकहरूसँग तलब सम्झौता गरेको छ । टियुसीले तलब सम्झौतालाई “पहिलो महत्त्वपूर्ण कदम“ का रूपमा स्वागत गरेको छ तर केही प्रमुख युनियन र नयाँ सरकारबीच पहिल्यै तनाव देखा परेको छ । रासस\एएफपी

ताजा समाचार

जङ्गलघाटमा पुल निर्माणको काममा ढिलाइ

काठमाडौँ । तुर्माखाँद गाउँपालिका-४ का ६८ वर्षीय प्रेमबहादुर बुढाले चिसापानी–जंगलघाट–मंगलसेन सडकको चर्चा सुनेको करिब...

संविधान विरोधी गतिविधि स्वीकार्य नहुने: गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधान विरोधी गतिविधि स्वीकार्य नभएको बताउनुभएको छ । गण्डकी...

चलचित्रसम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक संसदमा पेस हुने

काठमाडौँ । यही वैशाख २ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चलचित्रसम्बन्धी कानुनलाई संशोधन र...

शिक्षक आन्दोनल : दराजमा थन्कियो सात हजार उत्तर पुस्तिका

काठमाडौँ । संस्थागत विद्यालयमा विद्यार्थी भर्ना गर्नका लागि विद्यार्थी र अभिभावकको चहल पहल बढिरहेका...