तनहुँमा २८ जनाले त्यागे नेपाली नागरिकत

Published on

काठमाडौं । तनहुँमा रहेका २८ जनाले नेपाली नागरिकता परित्याग गरेका छन् । जिल्ला प्रशासन कार्यालय तनहुँका अनुसार गत आर्थिक वर्षमा यहाँ स्थायी बसोबास भएर रोजगारीका सिलसिलामा विदेश गएर उतैको नागरिक भएका उनीहरूले नेपालको नागरिकता परित्याग गरेका हुन् । प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमका अनुसार यस्ता नागरिकले जिल्लामा रहेको समयमा सिधै जिल्ला प्रशासन कार्यालयमा र विदेशमा रहेको समयमा दूतावासमार्फत नागरिकता परित्यागको प्रक्रिया गर्ने गरेका छन् । यसरी परित्याग गर्नेमा दूतावासबाट परराष्ट्र मन्त्रालय, गृह मन्त्रालय हुँदै जिल्ला प्रशासन कार्यालयमा आउने बढी छन् । १९ पुरुष र नौ महिला गरी २८ जनाले नागरिकता त्यागेको कार्यालयले जनाएको छ ।

वैवाहिक सम्बन्ध, पठनपाठन र रोजगारी लगायतका कारण देखाउँदै जिल्ला प्रशासन कार्यालयमा नागरिकता परित्यागको माग गर्दै निवेदन दिनेको सङ्ख्या बढ्दो छ । विषेशगरी अमेरिका, अस्ट्रेलिया र युरोपियन मुलुक जाने र त्यहाँको नागरिकता लिएपछि नेपालको नागरिकता त्याग्ने गरेको पाइएको कार्यालयले जनाएको छ । विदेशको नागरिकता लिने प्रक्रियामा गएपछि नेपाली नागरिकता त्याग गरेपछि मात्रै अन्य देशको नागरिकता पाइने भएकाले पनि नागरिकता त्याग गर्न निवेदन दिएका हुन् । कार्यालयका अनुसार जिल्लाबाट सोही समयमा चार जनाको नागरिकता रद्ध गरिएको छ । तीन महिला र एक पुरुषको रद्ध गरिएको हो । नेपालकै नागरिकता दोहोरो लिएको पाइएमा त्यस्ता नागरिकता रद्ध गर्ने गरिन्छ । झुट्टा विवरण पेश गरी दुईवटा नागरिकता लिएको, अन्य जिल्लाबाट समेत नागरिकता लिएको पाइएमा त्यस्ता नागरिकता रद्द गरिने गरिन्छ । सोही क्रममा जिल्लाबाट चार जनाको नागरिकता रद्ध गरिएको हो ।

यस्तै गत अर्थिक वष २०८०\८१ मा आठ हजार नौ सय ४६ जनाले वंशजका आधारमा नागरिकता लिएका छन् । महिला चार हजार सात सय १९ र पुरुष चार हजार दुई सय २६ अन्य एक गरी सो सङ्ख्यामा वंशजको आधारमा नागरिकता लिएका हुन् । वैवाहिक अङ्गिकृत नागरिकता लिने नौ जना रहेको कार्यालयले जनाएको छ । नेपाली पुरुषसँग विवाह गरेर आएका विदेशी महिलाले यो नागरिकता लिएका हुन् । जिल्लामा गत आर्थिक वर्षमा महिला तीन हजार आठ सय ६२ र पुरुष तीन हजार सात सय ९९ गरी सात हजार छ सय ६१ जनाले प्रतिलिपि नागरिकता लिएका थिए । गोरखापत्र

ताजा समाचार

कांग्रेसले युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्छ : नेता कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमहामन्त्री डा। शशांक कोइरालाले पार्टी नेतृत्वका लागि युवाहरुलाई...

‘ला ज्यालो वाङ थोप’ गुम्बा छ वर्षदेखि अलपत्र

काठमाडौं । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा छ वर्षअघि निर्माण सुरु गरिएको ‘ला ज्यालो...

पर्यटन दिवस मनाउँदै अन्तर्राष्ट्रिय सङ्ग्रहालय

काठमाडौं । अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयले भव्य रुपमा अन्तर्राष्ट्रिय पर्यटन दिवस मनाउने भएको छ ।...

मध्य युरोपमा घातक बाढीको सम्भावनालाई जलवायु परिवर्तनले दोब्बर बनायो

काठमाडौं । मानव–सिर्जित जलवायु परिवर्तनले यस महिनाको सुरुमा मध्य युरोपमा विनाशकारी बाढी ल्याउने भारी...