राष्ट्रपति पदको निर्णायक बहसमा भिड्दै ह्यारिस र ट्रम्प

Published on

काठमाडौं । कमला ह्यारिस र डोनाल्ड ट्रम्प मङ्गलबार टेलिभिजनमा उच्चस्तरीय बहसमा आमनेसामने हुन तयार हुनुहुन्छ । उक्त बहस अमेरिकी राष्ट्रपति निर्वाचनको दुई महिनाभन्दा कम समयअघि सम्भावित रूपमा खेल परिवर्तन गर्ने क्षण हुनेछ ।

दशौँ लाख अमेरिकी मतदाताले पूर्वी समय (जिएमटी ०१ः००) राति नौ बजे आफ्नो पहिलो र सम्भवतः एक मात्र बहसको मञ्चमा प्रवेश गरेको हेर्न ट्युन गर्ने अपेक्षा गरिएकाले डेमोक्रेटिक उपराष्ट्रपति ह्यारिस र रिपब्लिकन पूर्वराष्ट्रपति ट्रम्पका लागि यो बहस सम्भवतः उच्च हुनसक्छ । नोभेम्बर ५ को मतदानअघि दुवै प्रतिद्वन्द्वी आमनेसामने हुँदा एउटा पनि तिखो टिप्पणी वा गल्तीले पनि अमेरिकी इतिहासमा सबैभन्दा नाटकीय ह्वाइट हाउसको दौडमा सन्तुलनलाई बिगार्न सक्छ ।

जुलाईमा अचानक राष्ट्रपति जो बाइडेनको स्थान लिनुभएकी ५९ वर्षीया ह्यारिसका लागि उहाँका बारेमा थोरै जानकारी भएका मतदाताहरूको मन जित्ने यो महत्त्वपूर्ण अवसर हुनेछ । यसैबिच ७८ वर्षीय ट्रम्पले अर्थतन्त्र र आप्रवासनजस्ता मुद्दामा ह्यारिसलाई घेर्ने प्रयास गर्नुहुनेछ । तर अभियानका क्रममा उहाँले आफूलाई निर्देशित नस्लवादी र यौनवादी अपमान पनि बाहिर ल्याउन सक्नुहुनेछ । निर्वाचन सर्वेक्षणअनुसार महिलाहरूबीच महत्त्वपूर्ण बढत हासिल गर्नुभएकी ह्यारिसबाट उहाँले ट्रम्पमाथि प्रजनन अधिकारमाथि दबाब दिन सक्नुहुने अपेक्षा गरिएको छ । ट्रम्पले हालै गर्भपतनको पहुँचलाई लिएर धेरै विरोधाभासपूर्ण टिप्पणी गर्नुभएको छ । फिलाडेल्फियामा एबिसी न्युज बहसमा दुवै उम्मेदवार व्यक्तिगतरूपमा पहिलो पटक भेट्दै हुनुहुन्छ । यसले भीषण टक्करको सम्भावना बढेको छ । एबिसी न्यूज बहस ९० मिनेटसम्म चल्नेछ र बहस दर्शकहरू बिना आयोजना हुनेछ । रासस\एएफपी

spot_img

ताजा समाचार

मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै

काठमाडौं । पृथ्वी राजमार्गको नागढुङ्गा–मलेखु सडक आंशिक बन्दको समयमा मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो...

भालुको आक्रमणबाट दुई जना घाइते

काठमाडौं । जङ्गली भालुको आक्रमणबाट दक्षिणी रसुवाको खाल्चेत क्षेत्रमा आज दुई जना गम्भीर घाइते...

आगजनी र तोडफोडमा संलग्न १५ जना पक्राउ

काठमाडौं । सिन्धुलीमा जेनजी आन्दोलनको क्रममा सरकारी कार्यालयमा आगजनी र तोडफोड गर्ने १५ जनालाई...

पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताका लागि आंशिक बन्द हुने

काठमाडौं । नागढुङ्गा–मलेखु सडक खण्ड एक साताका लागि आंशिक बन्द हुने भएको छ । सडक...