विदेशी मुद्राको यस्तो छ विनिमयदर, कुन बढ्यो, कुन घट्यो ?

Published on

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंककानुसार मङ्गलबारको तुलनामा बुधबार अमेरिकी डलर, बेलायती स्टर्लिङ पाउण्ड, स्वीस फ्रयाङ्क, अस्ट्रेलियन डलर, सिङ्गापुर डलरको मूल्य बढेको छ । यस्तै, जापानी येन, साउदी अरेबियन रियाल, कतारी रियाल, मलेसियन रिङ्गेट, युएई दिराम, हङकङ डलर, कुवेती दिनार र बहराइन दिनारको मूल्यमा पनि वृद्धि भएको छ । यूरोको मूल्य भने घटेको छ । मङ्गलबार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपियाँ ०४ पैसा र बिक्रीदर एक सय ३४ रुपियाँ ६४ पैसा रहेकामा आजका लागि खरिदर एक सय ३४ रुपियाँ ०७ पैसा र बिक्री दर एक सय ३४ रुपियाँ ६७ पैसा तोकिएको छ ।

मङ्गलबार युरोपियन यूरो एकको खरिददर एक सय ४७ रुपियाँ ९६ पैसा र बिक्रीदर एक सय ४८ रुपियाँ ६२ पैसा रहेकामा आजका लागि खरिददर एक सय ४७ रुपियाँ ९५ पैसा र बिक्री दर एक सय ४८ रुपियाँ ६२ पैसा तोकिएको छ । केन्द्रीय बैंककानुसार मङ्गलबार युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७५ रुपियाँ ३६ पैसा र बिक्रीदर एक सय ७६ रुपियाँ १४ पैसा रहेकामा आजका लागि खरिददर एक सय ७५ रुपियाँ ५८ पैसा र बिक्री दर एक सय ७६ रुपियाँ ३७ पैसा तोकिएको छ । स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५८ रुपियाँ १७ पैसा र बिक्रीदर एक सय ५८ रुपियाँ ८७ पैसा, अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपियाँ ४१ पैसा र बिक्रीदर ८९ रुपियाँ ८१ पैसा निर्धारण गरिएको छ । क्यानेडियन डलर एकको खरिददर ९८ रुपियाँ ८१ पैसा र बिक्रीदर ९९ रुपियाँ २५ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय दुई रुपियाँ ७५ र बिक्रीदर एक सय तीन रुपियाँ २१ पैसा कायम भएको छ ।

जापानिज येन १० को आजका लागि खरिददर नौ रुपियाँ ३६ र बिक्रीदर नौ रुपियाँ ४१ पैसा रहेको छ । चिनियाँ युआन एकको खरिददर १८ रुरुपियाँ ८३ पैसा र बिक्रीदर १८ रुपियाँ ९२ पैसा कायम छ । राष्ट्र बैंककानुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपियाँ ७३ पैसा र बिक्रीदर ३५ रुपियाँ ८९ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपियाँ ७८ पैसा र बिक्रीदर ३६ रुपियाँ ९५ पैसा कायम भएको छ । थाई भाट एकको खरिददर तीन रुपियाँ ९७ पैसा र बिक्रीदर तीन रुपियाँ ९९ पैसा कायम छ । साथै युएई दिराम एकको खरिददर ३६ रुपियाँ ५० पैसा र बिक्रीदर ३६ रुपियाँ ६७ पैसा रहेको छ । मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपियाँ ८७ पैसा र बिक्रीदर ३१ रुपियाँ ०१ पैसा, साउथ कोरियन वन एक सयको खरिददर ९ रुपियाँ ९९ पैसा र बिक्रीदर १० रुपियाँ ०४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपियाँ ९४ पैसा र बिक्रीदर १३ रुपियाँ र डेनिस क्रोनर एकको खरिददर १९ रुपियाँ ८३ पैसा र बिक्रीदर १९ रुपियाँ ९२ पैसा छ ।

हङकङ डलर एकको खरिददर १७ रुपियाँ २० पैसा र बिक्रीदर १७ रुपियाँ २७ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपियाँ ८७ पैसा र बिक्रीदर चार सय ४० रुपियाँ ८३ पैसा छभने बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपियाँ ७२ पैसा र बिक्रीदर तीन सय ५७ रुपियाँ ३१ पैसा कायम भएको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दरभने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । रासस

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...