क्षयरोगबाट स्याङ्जामा १४ जनाको मृत्यु

Published on

काठमाडौं । स्याङ्जामा क्षयरोगबाट एक वर्षमा १४ जनाको मृत्यु भएको छ । आर्थिक वर्ष २०८०\०८१ मा क्षयरोग सङ्क्रमित भएका १४ जनाको मृत्यु भएको जनस्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख केशव चापागाईंले जानकारी दिनुभयो ।

गत आर्थिक वर्षमा २८१ जना नयाँ क्षयरोगी भेटिएको बताउदै उहाँले बिरामीले डट्स विधिबाट औषधी सेवन गरिरहेको बताउनुभयो । जिल्लामा सबै भन्दा धेरै क्षयरोगी वालिङ नगरपालिकामा ७९ जना क्षयरोगका बिरामी छन् । त्यस्तै पुतलीबजार नगरपालिकामा ४३, गल्याङ नगरपालिकामा ५०, चापाकोट नगरपालिकामा ३३, भीरकोट नगरपालिकामा २३, फेदीखोला गाउँपालिकामा छ जना, कालीगण्डकी गाउँपालिकामा २३, हरिनास गाउँपालिकामा पाचँ जना, विरुवा गाउँपालिकामा १०, अर्जुनचौपारी गाउँपालिकामा पाचँ जना र आँधीखोला गाउँपालिकामा चार जना क्षयरोगी छन् ।

स्याङ्जामा प्रतिलाख जनसङ्ख्यामा १३४ जना क्षयरोगी भेटिएका छन् । प्रतिलाख जनसङ्ख्यामा २३० देखि २४० जनासम्म क्षयरोगी भेटिने भए पनि जिल्लामा अझै पनि परीक्षणको दरमा कमी छ । क्षयरोगका लक्षण देखिएपछि तथा लगातार खोकी लागिरहेमा स्वास्थ्य संस्थामा गएर क्षयरोग जाँच गर्नुपर्छ भन्ने सचेतनाको कमी भएको देखिएको छ । क्षयरोगको औषधी जिल्लाभित्रका सबै स्वास्थ्य संस्थाबाट निःशुल्क रुपमा वितरण भइरहेको छ । नियमित औषधी सेवन गरे क्षयरोगबाट बच्न सकिन्छ । निरन्तर रुपमा खोकी लाग्ने, ज्वरो आउने, टाउको दुख्ने, वाकवाक हुने जस्ता लक्षण देखिए क्षयरोग लागेको हुनसक्ने चिकित्सकहरु बताउँछन् । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...