क्षयरोगबाट स्याङ्जामा १४ जनाको मृत्यु

Published on

काठमाडौं । स्याङ्जामा क्षयरोगबाट एक वर्षमा १४ जनाको मृत्यु भएको छ । आर्थिक वर्ष २०८०\०८१ मा क्षयरोग सङ्क्रमित भएका १४ जनाको मृत्यु भएको जनस्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख केशव चापागाईंले जानकारी दिनुभयो ।

गत आर्थिक वर्षमा २८१ जना नयाँ क्षयरोगी भेटिएको बताउदै उहाँले बिरामीले डट्स विधिबाट औषधी सेवन गरिरहेको बताउनुभयो । जिल्लामा सबै भन्दा धेरै क्षयरोगी वालिङ नगरपालिकामा ७९ जना क्षयरोगका बिरामी छन् । त्यस्तै पुतलीबजार नगरपालिकामा ४३, गल्याङ नगरपालिकामा ५०, चापाकोट नगरपालिकामा ३३, भीरकोट नगरपालिकामा २३, फेदीखोला गाउँपालिकामा छ जना, कालीगण्डकी गाउँपालिकामा २३, हरिनास गाउँपालिकामा पाचँ जना, विरुवा गाउँपालिकामा १०, अर्जुनचौपारी गाउँपालिकामा पाचँ जना र आँधीखोला गाउँपालिकामा चार जना क्षयरोगी छन् ।

स्याङ्जामा प्रतिलाख जनसङ्ख्यामा १३४ जना क्षयरोगी भेटिएका छन् । प्रतिलाख जनसङ्ख्यामा २३० देखि २४० जनासम्म क्षयरोगी भेटिने भए पनि जिल्लामा अझै पनि परीक्षणको दरमा कमी छ । क्षयरोगका लक्षण देखिएपछि तथा लगातार खोकी लागिरहेमा स्वास्थ्य संस्थामा गएर क्षयरोग जाँच गर्नुपर्छ भन्ने सचेतनाको कमी भएको देखिएको छ । क्षयरोगको औषधी जिल्लाभित्रका सबै स्वास्थ्य संस्थाबाट निःशुल्क रुपमा वितरण भइरहेको छ । नियमित औषधी सेवन गरे क्षयरोगबाट बच्न सकिन्छ । निरन्तर रुपमा खोकी लाग्ने, ज्वरो आउने, टाउको दुख्ने, वाकवाक हुने जस्ता लक्षण देखिए क्षयरोग लागेको हुनसक्ने चिकित्सकहरु बताउँछन् । गोरखापत्र

ताजा समाचार

इरानमा अमेरिकी आक्रमणपछि सत्ता परिवर्तनको बहस सुरु

काठमाडौं । अमेरिकाले इरानका तीन परमाणु केन्द्रमा गरेको आक्रमणपछि इरानमा सत्ता परिवर्तनको बहस सुरु...

पशुपति क्षेत्र विकास कोषका १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा पशुपति क्षेत्र...

सप्तरीका किसानको अर्गानिक आँपबाट लाखौं आम्दानी

सप्तरी — कञ्चनरूप नगरपालिका–१२, रूपनगर बस्तीपुरका किसानहरूले विषादी प्रयोग नगरी अर्गानिक आँप उत्पादन गरेर...

नारायणघाट–बुटवल सडक ६ दिनदेखि अवरुद्ध, सयौं मालवाहक सवारी बीच बाटोमै रोकिए

नवलपुर — विनयी खोलामा आएको बाढी र दाउन्नेमा चिप्लो सडकका कारण नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गतका...