नीजि क्षेत्रलाई अख्तियारको दायरामा ल्याउने विषयमा समिति स्पष्ट हुनुपर्छ : गृहमन्त्री लेखक

Published on

काठमाण्डौं , भदौं २६ गते । गृहमन्त्री रमेश लेखकले नीजि क्षेत्रलाई अख्तियारको दायरामा ल्याउने विषयमा समिति राज्य व्यवस्था तथा सुशासन समिति सैद्धान्तिक रुपले स्पष्ट हुन जरुरी रहेको बताउनुभएको छ ।

बिहीबार सिंहदरबारस्थित प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासनको बैठकमा बोल्दै गृहमन्त्री लेखकले निजी क्षेत्रमा प्रवेश गर्ने वा नगर्ने रु भन्ने विषयमा स्पष्ट हुन समितिमा अझ बढी छलफल हुनुपर्नेमा जोड दिनुभयो । नीजि क्षेत्रमा अख्तियारको क्षेत्राधिकार जाने की नजाने, जाने हो भने कतिसम्म जानेरु भन्ने कुरामा स्पष्टता भयो भने लेख्ने कुरामा गाह्रो हुन्न । लेखकले भन्नुभयो– पहिले त प्रिन्सिपल सेट हुनु पयो, प्रिन्सिपल सेट भए सोही अनुसार भाषा लख्ने हो।, भाषा लेख्ने कुरा कठिनाई होइन ।


उहाँले छलफलका क्रममा नीजि क्षेत्रमा जानु हुन्न भन्ने कुरामा आम सहमती देखिएको बताउनुभयो ।
“ अझै एउटा कुरा टुंगिन बाँकी रहेको जस्तो के देखियो भने, सरकारी पैसा नीजिमा गएको छ भने फेरी हेर्नुपर्छ है भन्ने पनि विषय छ ।” उहाँले भन्नुभयो–“ सरकारी पैसामा निजीमा गएकोमा कस्तो गएको ऋण गएको की अनुदान गएौको अथावा जाने प्रक्रियालाई समात्ने हो कीरु जुन सरकारी पैसा गएको छ त्यो हकसम्म मात्रै हेर्ने हो की । उसको आफ्नो पनि हेर्ने हो की रु यो कुरामा समिति पहिले सिद्धान्तः स्पष्ट होस । उहाँले नीजिमा प्रवेश गर्दा कति गर्ने भन्ने कुरामा पनि समिति सैद्धान्तिक रुपले स्पष्ट हुनुपर्नेमा जोड दिनुभयो । निजी क्षेत्रलाई पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानको दायरामा ल्याउने प्रावधानमाथि समितिमा सांसदहरुले छलफल सुरु गरेका छन् ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...