गाजास्थित एक विद्यालय परिसरमा भएको इजरायली आक्रमणमा १८ जनाको मृत्यु

Published on

काठमाडौं । इजरायलले मध्य गाजामा विस्थापित प्यालेस्टिनीले आश्रय लिएको एक विद्यालयमा गरेको हमलामा राष्ट्रसङ्घका कर्मचारीसहित १८ जनाको मृत्यु भएको इजरायली सेनाले बुधबार जनाएको छ ।

गाजा युद्धको क्रममा नुसिरातको अल–जावनी विद्यालय परिसरमा पहिले नै धेरै पटक हवाइ हमला भइसकेको छ । पछिल्लो हमलामा राष्ट्रसङ्घद्वारा सञ्चालित सुविधालाई समेत प्रभावित बनाई आश्रय लिएका मानिसहरूलाई विस्थापित गरेको जनाइएको छ । “इजरायली सेनाले युएनआरडब्लुएद्वारा सञ्चालित अल–जौनी स्कुलमा पाँचौँ पटक बम प्रहार गरेको छ । आक्रमणमा दुई युएनआरडब्लुए कर्मचारी, बालबालिका र महिलासहित १८ जनाको ज्यान लिएको छ । यसैगरी आक्रमणमा १८ भन्दा बढी घाइते भएको गाजाका नागरिक सुरक्षा प्रवक्ता महमुद बासलले प्यालेस्टिनी शरणार्थीका लागि राष्टसङ्घीय एजेन्सीलाई उद्धृत गर्दै टेलिग्राममा लेख्नुभएको छ ।

युएनआरडब्लुएले नुसिरात विद्यालय क्षेत्रमा भएका इजरायली आक्रमणमा आफ्ना छ जना कर्मचारीको मृत्यु भएको जनाएको छ । मृतकमध्ये आश्रयका प्रबन्धक र विस्थापित मानिसलाई सहायता प्रदान गर्ने टोलीका अन्य सदस्यहरू रहेको राष्ट्रसङ्घीय निकायले जनाएको छ । गाजामा धेरै विद्यालयहरू विस्थापितलाई आश्रय दिन पुनर्निर्माण गरिएको छ भने विद्यालयमा बारम्बारको युद्धले बिथोलिएका गाजाको जनसङ्ख्याको ठुलो हिस्साले आश्रय लिइरहेको छ । इजरायली सेनाले पछिल्लो समयमा यस्ता धेरै विद्यालयमा आक्रमण गर्दै प्यालेस्टिनी तथा विस्थापित नागरिकबिच लुकेको आरोप हमासले अस्वीकार गरेको छ । इजरायली सेनाले विज्ञप्तिमार्फत अल–जावनी क्षेत्रभित्र हमासको कमान्ड र नियन्त्रण केन्द्रमा ‘सटीक आक्रमण’ गरेको जनाएको छ । रासस\एएफपी

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...