पेरुका पूर्व राष्ट्रपति अल्बर्टो फुजिमोरीको निधन

Published on

काठमाडौं । पेरुका पूर्वराष्ट्रपति अल्बर्टो फुजिमोरीको बुधबार राजधानी लिमामा ८६ वर्षको उमेरमा निधन भएको छ ।

“क्यान्सरसँग लामो लडाइँ पछि बुबा अल्बर्टो फुजिमोरी प्रभुलाई भेट्न भर्खरै प्रस्थान गर्नुभएको छ,” फुजिमोरीकी छोराछोरी केइकोले सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ । गत अगस्टमा जिब्रोको क्यान्सरको उपचार पूरा गरेपछि फुजिमोरीको स्वास्थ्य अवस्था निकै बिग्रिएको उहाँको परिवारनिकट स्रोतले बुधबार एएफपीलाई बताएको थियो ।

लिमाको मिराफ्लोरेस जिल्लाको एक क्लिनिकबाट निस्कँदै गर्दा उहाँलाई अन्तिम पटक बिहीबार सार्वजनिक रूपमा देखिएको थियो । सन् १९९० देखि सन् २००० सम्म पेरुको राष्ट्रपति बनेका फुजिमोरीलाई डिसेम्बरमा मानवीय आधारमा जेलबाट रिहा गरिएको थियो । उहाँले पेरुको शाइनिंग पाथ र टुपाक अमारु वामपन्थी विद्रोही विरुद्धको युद्धमा सरकारी सेना शाइनिङ पाथ र टुपाक अमारु वामपन्थी आन्दोलनलाई दबाउने भूमिकाका लागि समर्थकले उहाँलाई एक सफल राजनीतिज्ञका रूपमा सम्झिने गर्छन् भने पेरुका शाइनिङ पाथ र टुपाक अमारु वामपन्थी विद्रोहीले उहाँलाई एक निरङ्कुश शासकको रूपमा हेर्ने गर्छन् । सरकारी सत्यनिरूपण आयोगका अनुसार सन् १९८० देखि सन् २००० सम्मको अवधिमा ६९ हजारभन्दा बढीको मृत्यु भएको थियो भने २१ हजार बेपत्ता भएका थिए । रासस\एएफपी

ताजा समाचार

प्रदेश र स्थानीय सरकारलाई सबल बनाउनुपर्नेमा सभामुखको जोड

काठमाडौँ । सभामुख देवराज घिमिरेले सङ्घीयता कार्यान्वयनको यात्रामा निरन्तर बहस र संवाद अपरिहार्य छ...

मुस्ताङको थासाङबाट देखिएको धौलागिरि

काठमाडौँ । मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित बोक्सी खोला बजार, सेताम्मे धौलागिरि हिमाल पृष्ठभूमि आसपासका...

ट्रकभित्र च्यापिएर मजदूरको मृत्यु

काठमाडौँ । रुकुमपश्चिमको चौरजहारीमा ट्रकभित्रै च्यापिएर एक मजदूरको मृत्यु भएको छ । शुक्रबार दिउँसो...

गोरखापत्र संस्थानको बोर्ड सदस्यमा पोखरेल र चौधरी नियुक्त

काठमाडौँ । गोरखापत्र संस्थान सञ्चालक समिति सदस्य (बोर्ड सदस्य) मा दुई जना नियुक्त हुनुभएको...