कर्णाली नदीको बहाव घट्याे

Published on

काठमाडौं । खतरा तह पार गरेको कर्णाली नदीको बहाव घट्न थालेको छ । दिउँसोबाट पानीको बहाव घट्न थालेको चिसापानी जल मापन केन्द्रमा कार्यरत गेज रिडर पार्वती गुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार ११.१५ मिटर जलसतह पुगेर अब घट्न थालेको हो । अहिले पनि पानीको सतह खतरा तहभन्दा माथि १०.९८ मिटर नै रहे पनि अब घट्दो क्रममा छ । “कर्णाली नदीमा पानीको बहाव चाँडै घट्छ”, उहाँले भन्नुभयो । यो नदीको चिसापानी जलमापन केन्द्रमा १०.८० मिटर जलसतह खतराको तह मानिन्छ । कर्णालीको बहावले खतराको तह पार गरेपछि त्यसले प्रभाव पार्ने बर्दिया र कैलालीको तल्लो तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहनका लागि सतर्क पारिएको थियो ।

मोहना, कान्द्रा, पथरैया, कटैनी, घुरहा, खुटिया नदीमा जलसतह सर्तकता तहभन्दा तल रहेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । यसैबिच, अविरल वर्षापछि आएको बाढीका कारण विभिन्न ठाउँमा डुबान भएको छ । बाढीका कारण जिल्लाभरी ९९ घरधुरीका ४४४ व्यक्ति प्रभावित भएका छन् । प्रभावितमध्ये ३४ परिवारका १३९ जनालाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो ।

हावासहितको वर्षाले विभिन्न ठाउँमा रुख ढल्नुका साथै विद्युत् पोल भाँच्चिएको छ । यस्तै, कैलालीमा तीन वटा कच्ची घरमा क्षति भएको छ । नदीले पाँच बिघा जमिन कटान गरेको जनाइएको छ । वर्षाको क्रममा चोटपटक लागेर एक पुरुष र एक महिला गरी दुई जना घाइते भएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । गोरखापत्र

ताजा समाचार

अस्ट्रेलियामा नेपाल महोत्सव सम्पन्न

काठमाडौं । अस्ट्रेलियाको पर्थमा आयोजना भएको नेपाल महोत्सव भव्य रुपमा सम्पन्न भएको छ ।...

बाइडेनद्वारा बिदाइ सम्मेलनका लागि ‘क्वाड’ नेताहरूलाई स्वागत

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले कथित ‘क्वाड’ समूहलाई बिदाइ दिनका लागि यस साताको...

अमेरिकी शेरिफमाथि न्यायाधीश हत्याको अभियोग

काठमाडौं । अमेरिकाको दक्षिणी राज्य केन्टकीमा जिल्ला अदालतका न्यायाधीशलाई गोली हानेर हत्या गरेको आरोपमा...

राहुघाट जलविद्युत आयोजनाको निर्माण प्रगति ८० प्रतिशत

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावर लि.ले निर्माण गरिरहेको ४० मेगावाटको...