सोलुखुम्बुमा तीन हजार ७६४ मत बदर

Published on

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा यसपटक सोलुखुम्बुमा तीन हजारभन्दा बढी मत बदर भएको पाइएको छ । पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष) तथा समानुपातिक निर्वाचन प्रणालीतर्फ गरी जिल्लामा कुल ३ हजार ७६४ मत बदर भएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार जिल्लाको कूल मतदाता सङ्ख्या ८५ हजार ५१५ रहेको थियो । तीमध्ये यसपटकको निर्वाचनमा ४१ हजार ४०१ जना मतदाताले मात्र आफ्नो मताधिकार प्रयोग गरेका थिए । निर्वाचन कार्यालयका अनुसार मतपत्रमा गलत तरिकाले मतदान गरिएको, आवश्यक ठाउँमा छाप नलगाइएको वा एकभन्दा बढी स्थानमा छाप लगाइएका कारण ठुलो सङ्ख्यामा मत बदर भएको हो ।

देशभर मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरे पनि मतदातालाई मतदान प्रक्रियाबारे पर्याप्त जानकारी नपुग्दा तथा मतदान केन्द्रमा मतपत्र प्रयोग गर्ने तरिका स्पष्ट नहुँदा पनि बदर मत बढेको निर्वाचन अधिकारीहरूको भनाइ छ । आगामी निर्वाचनमा बदर मत कम गर्न मतदाता शिक्षा कार्यक्रमलाई थप प्रभावकारी बनाउने आवश्यकता रहेको सरोकारवालाहरूले बताएका छन् । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...