कर्णाली नदीको बहाव घट्याे

Published on

काठमाडौं । खतरा तह पार गरेको कर्णाली नदीको बहाव घट्न थालेको छ । दिउँसोबाट पानीको बहाव घट्न थालेको चिसापानी जल मापन केन्द्रमा कार्यरत गेज रिडर पार्वती गुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार ११.१५ मिटर जलसतह पुगेर अब घट्न थालेको हो । अहिले पनि पानीको सतह खतरा तहभन्दा माथि १०.९८ मिटर नै रहे पनि अब घट्दो क्रममा छ । “कर्णाली नदीमा पानीको बहाव चाँडै घट्छ”, उहाँले भन्नुभयो । यो नदीको चिसापानी जलमापन केन्द्रमा १०.८० मिटर जलसतह खतराको तह मानिन्छ । कर्णालीको बहावले खतराको तह पार गरेपछि त्यसले प्रभाव पार्ने बर्दिया र कैलालीको तल्लो तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहनका लागि सतर्क पारिएको थियो ।

मोहना, कान्द्रा, पथरैया, कटैनी, घुरहा, खुटिया नदीमा जलसतह सर्तकता तहभन्दा तल रहेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । यसैबिच, अविरल वर्षापछि आएको बाढीका कारण विभिन्न ठाउँमा डुबान भएको छ । बाढीका कारण जिल्लाभरी ९९ घरधुरीका ४४४ व्यक्ति प्रभावित भएका छन् । प्रभावितमध्ये ३४ परिवारका १३९ जनालाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो ।

हावासहितको वर्षाले विभिन्न ठाउँमा रुख ढल्नुका साथै विद्युत् पोल भाँच्चिएको छ । यस्तै, कैलालीमा तीन वटा कच्ची घरमा क्षति भएको छ । नदीले पाँच बिघा जमिन कटान गरेको जनाइएको छ । वर्षाको क्रममा चोटपटक लागेर एक पुरुष र एक महिला गरी दुई जना घाइते भएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

एनपिएल : जनकपुरले टस जित्यो, कर्णाली ब्याटिङ गर्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा अहिले कर्णाली याक्स...

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबिच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले भेटवार्ता गर्नुभएको छ । सिंहदरबारस्थित...

ट्याक्सी दुर्घटनामा चालकको मृत्यु

काठमाडौं । म्याग्दीमा ट्याक्सी दुर्घटना हुँदा चालकको ज्यान गएको छ । जिल्लाको बेनी–दरबाङ सडकअन्तर्गत...

धरान–१३ मा पिकअप दुर्घटना: एक युवकको मृत्यु, ११ जना घाइते

काठमाडौं । धरान उपमहानगरपालिका–१३ स्थित गोर्खा वेल्फेयर मोड नजिक शनिबार राति भएको पिकअप दुर्घटनामा...